पूर्वराजा ज्ञानेन्द्रप्रति प्रचण्डको टिप्पणी– हावालाई कमान्डर बनाएको छ, हेर बुद्धि !

काठमाडौँ । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजावादी आन्दोलनको कमान्डर दुर्गा प्रसाईंलाई बनाएर पूर्वराजा ज्ञानेन्द्र शाहले बुद्धि बिगारेको बताएका छन् । बुधबार पार्टी निकट महिला सङ्गठन अनेमसंघ (क्रान्तिकारी) लुम्बिनी प्रदेश सम्मेलनलाई कोहलपुरमा सम्बोधन गर्दै प्रचण्डले प्रसाईं जस्तो हावालाई कमान्डर बनाएर ज्ञानेन्द्रले बुद्धि बिगारेको बताएका हुन् ।
‘राजावादीको कमान्डर पूर्वराजा ज्ञानेन्द्र शाहको प्रिय पात्र दुर्गा प्रसाईंजस्तो हावालाई कमान्डर बनायो । त्यस्तो हावालाई कमान्डर बनाएको छ । प्रसाईंलाई के भन्नु हेर ज्ञानेन्द्रको बुद्धि ! त्यस्तालाई कमान्डर बनाएर के गरेको होला ?’,
त्यसकै परिणाम तीनकुनेमा हिंसा, हत्या र लुटपाट भएको प्रचण्डले जिकिर गरे । कार्यक्रममा उनले आफूहरू तराई मधेस जागरण अभियानमा गएको बेला मौका छोपेर राजावादीहरू सलबलाउन थालेपछि त्यसको प्रतिकार गर्न काठमाडौँ फर्किएको उनले जिकिर गरे । प्रचण्डले प्रधानमन्त्री केपी ओलीप्रति लक्षित गर्दै बयलगाडाले गणतन्त्रको रक्षा गर्न नसक्ने देखेर आफूहरूले चैत १५ गते बृहत् आमसभा राखेको दाबी गरे ।
‘हामी मधेस झरेको मौका छोपेर गणतन्त्रविरुद्ध राजावादीहरू सलबलाउन थाले । बयलगाडाले गणतन्त्र संरक्षण गर्न सक्दैन भनेर हामीले काठमाडौँमा विरोध प्रदर्शन गर्यौँ । हामीले भव्यरुपमा विरोधसभा सम्पन्न भएकोमा विश्व नै चकित भएको छ’, उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिनियाँ नागरिक रुसको तर्फबाट लडिरहेको जेलेन्स्कीको दाबी, पक्राउ परेका दुई सैनिकको भिडियो जारी
-
प्रदूषण केही कम भए पनि काठमाडौँ शीर्ष स्थानमा कायमै
-
‘द महावीर’ निर्माण गर्दै सङ्गीतकार अधिकारी
-
लुम्बिनी प्रदेश : वनमा डढेलो लगाउनेलाई कानुनी दायरामा ल्याउन निर्देशन जारी
-
स्वास्थ्य मन्त्रालयद्वारा ५३ लाख बेरुजू असुल, १३ करोड ८५ लाख फर्छ्यौट
-
विश्व अर्थतन्त्रमा अब ‘चमत्कारिक वृद्धि’ को युग सकियो