गृहमन्त्रीले शुक्रबार राज्यव्यवस्था समितिमा तीनकुने घटनाबारे जानकारी गराउने

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले शुक्रबार प्रतिनिधि सभाको राज्य व्यवस्था एवं सुशासन समितिमा गत १५ गते भएको हिंसात्मक घटनाबारे जानकारी गराउने भएका छन् ।
चैत २२ गते ११ बजे बस्ने समिति बैठकमा नितकुने घटनाबारे जानकारी दिन गृहमन्त्री लेखकलाई निम्त्याइएको समिति सभापति रामहरि खतिवडाले जानकारी दिए ।
आज बसेको समिति बैठकमा सांसदहरू राप्रपाका सांसद बुद्धिमान तामाङ, नेकपा एमालेका सांसद राजेन्द्र राईलगायतले तिनकुने घटनाबारे सरकारका तर्फबाट गृहमन्त्रीलाई जवाफ दिन बोलाउनुपर्ने माग गरेका थिए । त्यसपछि समिति सभापति खतिवडाले २२ गते बस्ने बैठकमा बोलाउने निर्णय गरेका हुन् ।
चैत १५ गते तीनकुनेमा राजावादी समूहले गरेको प्रदर्शनको क्रममा २ जनाको मृत्यु भएको थियो । प्रदर्शनकारीले निजी सम्पत्ति र सार्वजनिक सम्पत्तिमा तोडफोड र आगजनी गर्दा करोडौको क्षति भएको थियो ।
घटनाबारे गृहमन्त्री लेखकले मंगलबारको प्रतिनिधिसभा बैठकमा सदनमा जानकारी गराउन खोजे पनि राप्रपाका सांसद दिपक बोहराको निधन भएपछि बैठक शोक प्रस्ताव पारित गरेर टुङ्गिएको थियो । गतराति १२ बजेबाट सरकारले संघीय संसदको हिउँदे अधिवेशन अन्त्य गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको ‘ट्यारिफ’ घोषणाले विश्व शेयर बजार चौपट, सांघाई र हङकङमा कारोबार ढिला सुरु हुने
-
दक्षिण एसियाली जुनियर टेबलटेनिस प्रतियोगताका लागि १२ खेलाडी चयन
-
सोमबार कुन राशिका लागि शुभ ?
-
'कठै कर्णाली' : शैक्षिक सत्र सुरु हुनै लाग्दा गोदाममै थन्किए किताब
-
पश्चिमी र स्थानीय वायुको प्रभाव : यी प्रदेशमा वर्षाको सम्भावना
-
युभेन्ट्स बराबरीमा रोकिंदा एटलान्टा पराजित