नेप्से परिसूचक २३ अङ्कले बढ्यो
बुधबार, २० चैत २०८१, १५ : ५४

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक २३ दशमलव ८६ अङ्कले बढेर दुई हजार सात सय दशमलव शून्य चारको बिन्दुमा कायम भएको हो ।
आज तीन सय १८ कम्पनीको एक करोड चार लाख ४२ हजार ६८३ कित्ता शेयर ५३ हजार ८८४ पटक खरिदबिक्री हुँदा पाँच अर्ब ४४ करोड ४४ लाख ३५ हजार ९०१ बराबरको कारोबार भएको छ । आजको कारोबारमा उत्पादन तथा प्रशोधन र निर्जीवन बिमा समूहको उपसूचक घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ ।
सबैभन्दा बढी व्यापार समूह नौ दशमलव ४४ र वित्त समूह तीन दशमलव १२ प्रतिशतले बढेको छ । सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ भने बोटलर्स नेपाल (बालाजु) लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५ सय ६० मत गन्न बाँकी रहँदा बारको गणना स्थगित
-
पर्यटनले शिथिल अर्थतन्त्र चलायमान बनाउने छ : उपप्रधानमन्त्री सिंह
-
आफ्नो मिम बनाएकोमा दुर्गा प्रसाईँको गुनासो
-
मानवअधिकारवादीको रोहबरमा सार्वजनिक हुन तयार छुँ : दुर्गा प्रसाईं
-
मुलुकमा राजनीतिक स्थिरता भएकाले ढुक्क भएर लगानी गर्न प्रधानमन्त्रीको आग्रह
-
‘पुर्ण बहादुरको सारंगी’ बर्षकै धेरै कमाउने फिल्म, थोरै कमाउने ‘शीरफूल’