पाकिस्तानी राष्ट्रपति जरदारी अस्पतालमा भर्ना
बुधबार, २० चैत २०८१, १५ : ४१

इस्लामाबाद । पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारीको स्वास्थ्य अवस्था बिग्रिएको छ । उनलाई कराचीँको एक निजी अस्पतालमा भर्ना गरिएको छ ।
६९ वर्षीय आसिफ अली जरदारीलाई ज्वरो र संक्रमणका कारण अस्पताल लगिएको द एक्सप्रेस ट्रिब्यूनले एउटा समाचारमा भनेको छ । उनलाई कराँचीबाट करिब ३०० किलोमिटर टाढा रहेको नवाबशाहबाट अस्पतालमा लगिएको बताइएको छ ।
खबरका अनुसार जरदारीको धेरै स्वास्थ्य परीक्षण गरिएको थियो । डाक्टरहरूले उनको अवस्थालाई नजिकबाट निगरानी गरिरहेका छन् ।
उनी सोमबार ईदको नमाज पढ्न नवाबशाह गएका थिए । यसअघि आइतबार उनले आफ्नो पार्टीका नेताहरूसँग पनि भेटवार्ता गरेका थिए ।
प्रधानमन्त्री शाहबाज शरीफले टेलिफोनमा राष्ट्रपति जरदारीको स्वास्थ्य अवस्थाबारे सोधपुछ गरेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘राजनीतिक विवेक राख्नेले वर्तमान सरकार बिचौलियाको हो भनेर स्वीकार गरिसके’
-
दुई अर्बको सिमेन्ट भारत निर्यात
-
इलाममा जेठी सासूको हत्या गरेको आरोपमा ज्वाइँ पक्राउ
-
हामीसँग अहिले बन्दुक छैन, प्रचारमार्फत नै बुर्जुवाहरूसँग लड्नुपर्छ : अध्यक्ष दाहाल
-
गरिबी, असमानता र शोषणविरुद्धको संघर्ष विश्वव्यापी रूपमा अगाडि बढाउनुपर्छ : उपेन्द्र यादव
-
भाडाको घरमा बस्दा वास्तुबारे के–के ख्याल गर्नुपर्छ ?