बागमती सरकार असफल साबित भयो: प्रतिपक्ष

हेटौँडा । बागमती प्रदेशका प्रतिपक्ष दलहरूले सरकार असफल साबित भएको टिप्पणी गरेका छन् । प्रदेशसभाका प्रतिपक्ष दलहरूले प्रदेशसभाको बैठक आह्वान भइरहँदा सरकारले हठात् चालु अधिवेशन अन्त्य गर्नुले आफ्नो असफलता देखाएको बताएका हुन् ।
बुधबार प्रदेशसभा सचिवालय हेटौँडामा पत्रकार सम्मेलन गर्दै प्रतिपक्ष दलहरूले सरकार संसद् छलेर गैर जिम्मेवार बनिरहेको दाबी गरे ।
प्रदेशसभाको प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्र, प्रतिपक्ष दल राप्रपा, नेकपा एकीकृत समाजवादीले सरकारले आफ्नो कमीकमजोरी र असफलतालाई ढाकछोप गर्न संसद् छल्ने कार्य गरेको बताएका हुन् । माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक रत्नप्रसाद ढकालले सरकारको उक्त प्रवृत्तिले सरकार र प्रतिपक्ष दल बिच द्वन्द्व स्थिति निम्तिन सक्ने सम्भावना देखिएको बताए ।
‘सरकारले हठात् अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । सरकार प्रदेशसभाबाट भागेर गैर जिम्मेवार ढंगबाट प्रस्तुत भएको छ ।’ उनले भने, ‘दलहरू बिच छलफल चलिरहँदा अधिवेशन अन्त्य गर्ने निर्णयले सरकारको अपरिपक्व दम्भ र निरङ्कुश शैली उदांगिएको छ ।’
सरकारको उक्त निर्णयले कार्यपालिका र व्यवस्थापिका बिचको दुरी बढाउने काम गरेको उनको आरोप छ । प्रदेश सभामा प्रतिनिधित्व गर्ने सबै राजनैतिक दलहरू विच भएको सहमति, गत असोजको ११/१२ गतेको अविरल वर्षापछि राहत उद्धार र पुनःनिर्माण विषय आलटाल गर्ने काम गरेको उनले बताए ।
उनका अनुसार सरकारका कारणले आगामी बजेट अधिवेशनलाई पनि अनिश्चित दिशामा धकेलिने सम्भावना बढेको छ । दलहरू बिचको सहमति र सहकार्यबाट भाग्ने सरकारले नीति, कार्यक्रम र बजेट समेत ल्याउने नैतिकता गुमाएको उनले बताए । सरकारले गैर जिम्मेवार हर्कत छोडेर वार्ता र सहमति मार्फत अगाडी बढ्न उनले माग गरेका छन् ।
प्रमुख सचेतक ढकालका अनुसार सरकारले प्रदेशसभाको हिउँदे अधिवेशनमा ४ दिन बैठक संचालन गरेको छ । संसदको हिउँदे अधिवेशनमा पारित हुनु पर्ने ४ विधेयक पनि अन्योलमा परेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पिकअप भ्यान पल्टिंदा दुई जनाको मृत्यु, २२ जना घाइते
-
चीनमाथि थप ५० प्रतिशत अतिरिक्त भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
निर्माणाधीन एसियाली राजमार्गले निम्त्याएको प्रदूषण नियन्त्रण गर्न स्थानीयको माग
-
सञ्चारकर्मी तथा गीतकार राधिकाको ‘फूल फूल्यो फक्रियो’ सार्वजनिक
-
आईपीएलमा मुम्बई इन्डियन्सको चौथो हार, बैंग्लुरु तेस्रो स्थानमा यथावत
-
डढेलोले सखाप हुँदै जङ्गल