बागमती प्रदेशसभा अधिवेशन अन्त्य

हेटौँडा । बागमती प्रदेशसभाको हिउँदे अधिवेशन बैठक अन्त्य गरिएको छ ।
प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेशसभाको अधिवेशन बैठक अन्त्य गरेका हुन् ।
प्रदेश प्रमुख देवकोटाले एक सूचना जारी गर्दै नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम चैत २० गते राति ११ः५९ बजेबाट प्रदेशसभाको पाँचौँ अधिवेशन अन्त्य गरेका हुन् । प्रदेशसभा अधिवेशन अन्त्यका लागि बुधबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुख देवकोटासमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।
प्रदेश सभा बैठक मंगलबारका लागि आह्वान गरे पनि प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका प्रदेश सभा सदस्य बैठक सञ्चालन गर्न सहमत नभएपछि बुधबार १ बजेका लागि बैठक सारिएको थियो ।
प्रतिपक्षीले बजेटसम्बन्धी विवादका कारण बैठक सञ्चालनमा अवरोध गर्ने भएपछि प्रदेश सरकारले अधिवेशन नै अन्त्य गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : दुर्गा प्रसाईं र बडिगार्ड दीपक खड्कालाई थुनामा राख्न १२ दिनको अनुमतिदेखि बिनासर्त तत्काल रिहा गर्न मागसम्म
-
बुटवलमा एमालेको जागरणसभा : के दियो सन्देश ?
-
तीनकुने घटनामा भएको प्रेस स्वतन्त्रता हनन्का सम्बन्धमा निष्पक्ष र स्वतन्त्र छानबिन गर्न माग
-
दुर्गा प्रसाईंलाई बिनासर्त तत्काल रिहाइ गर्न माग
-
भूकम्पपछि अस्थायी आश्रयस्थलमा राखिएको सेतो मछिन्द्रनाथको मूर्ति पुनःस्थापना (तस्बिरहरु)
-
हिउँदै बाली भित्र्याउँदा यी विषयमा ध्यान दिन आग्रह