मङ्गलबार, ०२ वैशाख २०८२
ताजा लोकप्रिय

स्थानीय तहको अधिवेशनका लागि लोसपाले दोस्रोपटक थप्यो म्याद

बुधबार, २० चैत २०८१, १४ : ५३
बुधबार, २० चैत २०८१

काठमाडौँ । महाधिवेशनको तयारीमा रहेको लोकतान्त्रिक समाजवादी पार्टी नेपालले स्थानीय तहको अधिवेशनको म्याद थप गरेको छ । आज बसेको पार्टी सचिवालयको बैठकले चैत मसान्तभित्र अधिवेशन सम्पन्न गर्ने गरी म्याद थप गरेको हो । 

यसअघि, चैत १७ गतेभित्र सबै स्थानीय तहको अधिवेशन सम्पन्न गर्न लोसपाले सर्कुलर जारी गरेको थियो । तर, तोकिएको समयमा अधिवेशन सम्पन्न नभएपछि त्यसको म्याद थप गरिएको छ । 

स्थानीय तहको अधिवेशन गराउन म्याद थप गरिएको यो दोस्रोपटक हो । यसअघि सबैभन्दा पहिले चैत ७ गतेभित्र अधिवेशन सम्पन्न गर्न सर्कुलर जारी गरेको थियो । सो समयभित्र अधिवेशन सम्पन्न नभएपछि चैत १७ गतेभित्र सम्पन्न गर्न भनिएको थियो । यो समयसीमामा पनि अधिवेशन सम्पन्न नहुने भएपछि चैत मसान्तको समय थपिएको सो पार्टीका महासचिव मनिष मिश्रले बताए । 

स्थानीय, जिल्ला तथा प्रदेशको अधिवेशन सम्पन्न गर्न ढिलाइ हुने देखिएकाले वैशाख २६ गते हुने पार्टीको महाधिवेशन पनि सर्ने सम्भावना बढेर गएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप