शनिबार, ३० चैत २०८१
ताजा लोकप्रिय

अबरोध हटाउन सुदूरपश्चिमका गठबन्धन दलबिच छलफल

बुधबार, २० चैत २०८१, १४ : ५२
बुधबार, २० चैत २०८१

धनगढी । सुदूरपश्चिम प्रदेश सभामा जारी अवरोध हटाउने विषयमा सत्ता गठबन्धन दलबीच छलफल भएको छ। 

सभा खुलाउने र निरन्तर सञ्चालन गराउने सम्बन्धमा सत्तारुढ दलहरूले छलफल गरेका हुन् । नेपाली कांग्रेसका प्रमुख सचेतक बिक्रमसिंह धामीका अनुसार बैठकमा सदनलाई अनिर्णयको बन्दी बनाउन नहुने र सरकारले पर्याप्त मात्रामा विजनेस दिनुपर्ने विषयमा छलफल भएको थियो ।

यसैबीच, सभामुख भीमबहादुर भण्डारीले मंगलबार बोलाएको कार्य व्यवस्था परामर्श समितिको बैठक भने सत्तापक्षको अनुपस्थितिका कारण बस्न सकेन । प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीका अनुसार, प्रतिपक्षी दलको भने बैठकमा उपस्थिति रहेको थियो । प्रतिपक्षी दलले फजुल खर्च कटौती, राजनीतिक नियुक्ति र सुशासनको माग गर्दै प्रदेश सभामा अवरोध जारी राखेका छन् । 

यस्ता विषयमा सहमति कायम गर्न पटक–पटक बैठक बसेपनि निष्कर्षमा पुग्न सकेको छैन । सोमवार बसेको सर्वदलीय बैठक पनि बिनानिष्कर्ष टुंगिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप