ऊर्जामन्त्री खड्कासँग नेपालका लागि रसियाका राजदूतको शिष्टाचार भेट

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग नेपालका लागि रसियाका राजदूत एलेक्सी नोभिकभले शिष्टाचार भेटवार्ता गरेका छन् । मन्त्रालयमा आज भएको भेटमा द्विपक्षीय आपसी हित र सहकार्यका विविध विषयमा छलफल भएको थियो । भेटमा मन्त्री खड्काले रसियन सरकारले नेपालको जनशक्ति विकासमा पुर्याएको योगदान र सहयोगप्रति धन्यवाद दिए ।
मन्त्री खड्काले विगतमा पनौती जलविद्युत् आयोजना शोभियत सरकारको वित्तीय सहायतामा निर्माण भएको स्मरण गरे । उनले नेपाल सरकारले सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको जनाउँदै उक्त लक्ष्यलाई पूरा गर्न रसियाली सरकारको साथ र सहयोग आवश्यक भएको बताए ।
मन्त्री खड्काले नेपालको प्रसारण लाइन, ऊर्जा भण्डारण, स्मार्ट ग्रीड, हरित ऊर्जालगायतका क्षेत्रमा लगानीको वातावरण मिलाउन राजदूतमार्फत रसियाली कम्पनीलाई आग्रह गरे । भेटमा नेपालका लागि रसियाली राजदूत एलेक्सीले नेपालको ऊर्जा र जलविद्युत् क्षेत्रमा लगानी गर्न रसियनहरु इच्छुक रहेको बताए ।
राजदूत एलेक्सीले रसियामा आगामी जुन महिनामा हुने सेन्ट पिटर्सवर्ग इन्टरनेसनल इकोनोमी फोरम, मे महिनामा हुने नेभेस्की इन्टरनेसनल इकोलोजीकल कंग्रेस र अक्टोबर महिना हुने रसियन इनर्जी वीकमा भाग लिन मन्त्री खड्कालाई आमन्त्रण गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्गीकरण थालेपछि बञ्चरेडाँडा लगिने फोहर घट्यो
-
शिक्षकका जायज मागहरू पुरा गर्न त्रिवि स्ववियुको माग
-
राष्ट्र बैङ्कले ३ अर्ब ८४ करोड ३८ लाख रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्दै
-
‘ग्रीनल्यान्ड कुनै सम्पत्तिको टुक्रो होइन’
-
विद्यालय शिक्षा ऐनमा ‘स्कुल ब्याग पोलिसि’ को व्यवस्था गर्न नेविसंघको माग
-
अफ्रिकी आप्रवासीको जेलमा अमेरिकी हमला, ३० जनाको मृत्यु