सगरमाथा आधार शिविरमा लेक लागेर श्रमिकको मृत्यु
बुधबार, २० चैत २०८१, १४ : ४०

सोलुखुम्बु । सगरमाथा आधार शिविरमा श्रमिकको ज्यान गएको छ । ज्यान गुमाउनेमा दोलखाको गौरीशङ्कर गाउँपालिका–९ का ५५ वर्षीय लानिमा शेर्पा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेका अनुसार शेर्पा जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित सगरमाथा बेस क्याम्पमा काम गर्दै आएका थिए । यही चैत १७ गते साँझ ७ः३० बजे लेक लागेर बिरामी परेका शेर्पालाई घोडामार्फत खुम्जुङ स्वास्थ्य चौकी लैजाने क्रममा चैत १८ गते थुक्लामा ज्यान गएको प्रहरीले जनाएको छ ।
शवको कानुनी प्रक्रिया पूरा गरी मृतकको शव परीक्षणका लागि अल्टिच्युट हेलिकप्टरमार्फत टिचिङ अस्पताल काठमाडौँ लगिएको थियो । शव परीक्षणपश्चात चैत १९ गते मृतकको शव उनका भतिजा पेमाछिरी शेर्पाले बुझी लग्नुभएको छ । घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेकपा एस कोशी प्रदेशको अध्यक्षमा सरिता खड्का सर्वसम्मत
-
तस्बीरमा वर्षा परेपछि खुलेको आकाश
-
पच्चिस तस्बिरमा हेर्नुहोस् बिस्केट जात्रा
-
त्रिविका उपकुलपतिको राजीनामापछि विश्वविद्यालय उपकुलपति विहिन
-
म्याग्दीमा गाडीले च्यापेर एक जनाको मृत्यु
-
चाइना साउदर्न एयरलाइन्सले काठमाडौं-ग्वाङ्झाउ रात्रिकालीन उडान पुनः सञ्चालन गर्ने