नेपालमा हवाई र पर्यटन क्षेत्रमा लगानी बढाउन सकारात्मक छौँ : थाइ प्रधानमन्त्री शिनावात्रा

बैङ्कक । थाइल्यान्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावात्राले नेपालमा हवाइ र पर्यटनका क्षेत्रमा आफ्नो देशका तर्फबाट लगानी र सहभागिता वृद्धि हुने बताएकी छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीसँग थाइल्याण्डको औपचारिक पहिलो भ्रमणका क्रममा आज दुईपक्षीय भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा उनले काठमाडौँमा थाइ एयरलायन्सको उडान सङ्ख्या वृद्धि गर्न र लुम्बिनीमा सिधा हवाइ उडानका लागि थाइल्याण्ड सकारात्मक रहेको बताइन् । उनले नेपालमा ऊर्जा, होटेल, हवाइजस्ता पर्यटन क्षेत्रमा थाइल्याण्डको लगानी र व्यापारका विषयले आगामी दिनमा प्राथमिकता पाउने विश्वास समेत व्यक्त गरिन् ।
प्रधानमन्त्री शिनावात्राले कूटनीतिक सम्बन्ध बिस्तार भएको ६५ वर्षपछि नेपालका प्रधानमन्त्रीबाट भएको पहिलो भ्रमण ऐतिहासिक रहेको उल्लेख गर्दै दुई देशबिचको ‘कनेक्टिभिटी’ र व्यापारिक साझेदारी बढाउने विषयमा पनि आफूहरुबिच छलफल भएको जानकारी दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा सहभागि भएनन् पुर्णबहादुर र गगन
-
भ्यानले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु
-
सरकारले भन्यो, ‘फास्ट ट्र्याकबाट विद्यालय शिक्षा विधेयक ल्याउँछौँ, शिक्षकहरु काममा फर्कनुस्’
-
कालिगण्डकी डाइभर्सनबारे सर्वोच्च अदालतले के भन्यो ? (पूर्णपाठ)
-
विवाह बन्धनमा बाँधिँदै पूर्वमिस नेपाल अश्मी
-
वीरगञ्जमा शान्ति र सद्भाव कायम राख्न मन्त्री यादवको अपिल