बुधबार, २७ चैत २०८१
ताजा लोकप्रिय

राहत लिएर आफ्नै जहाजमा नेपाली सेनाको टोली उड्यो म्यानमार

बुधबार, २० चैत २०८१, १४ : ०२
बुधबार, २० चैत २०८१

काठमाडौँ।  म्यानमारमा हालै गएको विनाशकारी भूकम्पका कारण भएको व्यापक धनजनको क्षति पश्चात् नेपाली सेनाको टोली बुधबार त्यसतर्फ प्रस्थान गरेको छ । नेपाल सरकारको निर्णयबमोजिम मेडिकल राहत सहित सेनाको टोली प्रमुख सेनानी रामचन्द्र श्रेष्ठको नेतृत्वमा त्यसतर्फ प्रस्थान गरेको हो । 

 १२ जना चिकित्सकीय टिम, ४ जना बन्दोबस्ती सहायता टिम र ६ जना क्रु मेम्बर सहित कुल २२ सदस्यीय सैनिक टोली आफ्नै जहाजमा  म्यानमार गएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । 

विभिन्न प्रकृतिका आवश्यक औषधि एवं ईक्युप्मेन्टहरु सहित उक्त टोलीमा सर्जन, अर्थोपेडिक, मेडिसिन चिकित्सक, नर्स तथा प्यारामेडिकहरु संलग्न रहेका छन् । उक्त टोलीले करिब एक साता म्यानमार भूकम्पमा परी घाइते भएकाहरूको स्वास्थ्य उपचारमा खटिई सेवा प्रदान गर्ने सेनाले जनाएको छ ।   
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप