सोमबार, २५ चैत २०८१
ताजा लोकप्रिय

नागरिक लगानी कोष र सभापोखरी हाइड्रोको सेयर प्रत्याभूति सम्झौता

बुधबार, २० चैत २०८१, १३ : ५६
बुधबार, २० चैत २०८१

काठमाडौँ । नागरिक लगानी कोष र सभापोखरी हाइड्रोपावर लिमिटेडबीच सेयर प्रत्याभूति गर्ने सम्झौता भएको छ ।  

बुधबार भएको सम्झौतामा कोषका  नि. कार्यकारी निर्देशक शोभा श्रेष्ठ सुवेदी र सभापोखरी हाइड्रोका प्रबन्ध निर्देशक श्रीराम देवकोटाले हस्ताक्षर गरेका हुन् । 

सभापोखरी हाइड्रोले प्रति सेयर एक सय रुपैयाँका दरले १० लाख ७५ हजार कित्ता बापतको १० करोड ७५ लाख रुपैयाँ बराबरको सेयर निष्कासन गर्ने सम्बन्धमा कोषले उक्त सेयरको प्रत्याभूति गर्ने भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप