पत्नीको बिहे गराइदिएका युवक चार दिन पनि टिक्न नसकी फिर्ता माग्न पुगे

नयाँ दिल्ली । भारतको उत्तर प्रदेश राज्यको सन्त कबीरनगर जिल्ला निवासी बबलू केही अघि आफ्नै पत्नी राधिकाको बिहे अर्कासँग गराइदिएर चर्चामा आएका थिए । पत्नीलाई उनकै प्रेमी विकाससँग बिहे गराइदिएका बबलू चार दिनभन्दा बढी आफ्नो निर्णयमा टिक्न सकेनन् ।
बबलूले पत्नी राधिकाको हात जसलाई थमाइदिएका थिए, उनैसँग याचना गरेर राधिकाको हात मागेका हुन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार राधिकाको हात माग्न बबलू हालै विकासको घरमा पुगेका हुन् ।
बबलूकी आमाले भारतीय सञ्चारमाध्यमसँग कुरा गर्दै भनेकी छन्, ‘हामीले त पहिला नै यस्तो निर्णय नलिन बबलूलाई सम्झाएका थियौँ तर मानेन । उसैले बिहे गराइदियो । पछि उसलाई पनि आफूले गल्ती गरेँ भन्ने लागेछ ।’
बबलू र राधिकाका दुई सन्तान छन् । बबलूले पत्नी राधिकाको बिहे गराउने बेलामै बालबच्चाको हेरचाह आफैँ गर्ने भनेर राधिका र विकासलाई नयाँ दाम्पत्य जीवनको शुभकामना दिएका थिए ।
तर राधिकाविना बालबच्चाको हेरचाह गर्न कठिन भएपछि चार दिनमै बबलू राधिकाको हात माग्न विकासको घर पुगे । विकासले पनि राधिकालाई बबलूको जिम्मा लगाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
बबलू अहिले राधिकालाई लिएर अलग्गै बस्न थालेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजावादीको प्रदर्शनमा ज्यान गुमाएका पत्रकार रजकको १३ औँ पुण्य तिथिमा दीप प्रज्वलन
-
५ सय ६० मत गन्न बाँकी रहँदा बारको गणना स्थगित
-
पर्यटनले शिथिल अर्थतन्त्र चलायमान बनाउने छ : उपप्रधानमन्त्री सिंह
-
आफ्नो मिम बनाएकोमा दुर्गा प्रसाईँको गुनासो
-
मानवअधिकारवादीको रोहबरमा सार्वजनिक हुन तयार छुँ : दुर्गा प्रसाईं
-
मुलुकमा राजनीतिक स्थिरता भएकाले ढुक्क भएर लगानी गर्न प्रधानमन्त्रीको आग्रह