खाद्य संस्थानको रिक्त विज्ञ सञ्चालक खुला प्रतिस्पर्धात्मक परीक्षाबाट नियुक्ति गरिँदै
बुधबार, २० चैत २०८१, १३ : ३९
काठमाडौँ । सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड (खाद्य संस्थान) को रिक्त विज्ञ सञ्चालक पदमा खुला प्रतिस्पर्धात्मक परीक्षाबाट नियुक्ति थालेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले चैत ४ गते सूचना जारी गर्दै उक्त पदमा नियुक्तिका लागि आवेदन खुला गरेको थियो ।
उक्त पदका लागि ५ वटा आवेदनले स्वीकृति पाएका छन् । आवेदन स्वीकृत हुनेमा बेलकोट –१० कञ्चनपुरका केशवराज पाण्डेय, गौरीगाउँ –२ डोटीका निर्पबहादुर बोहरा, काठमाडौँ–१६ का युवराज खनाल, शारदा नगरपालिका– ३ सल्यानका रणबहादुर बुढाथोकी रहेका छन् । यस्तै महिला विज्ञ सञ्चालक सदस्यमा कीर्तिपुर नगरपालिका ३ की नानी महर्जन रहेका छन् ।
स्वीकृत प्राप्त आवेदकहरूलाई अन्तरवार्ताका लागि शुक्रबारलाई मन्त्रालयले बोलाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मौसम खराब भएपछि छेन्दुबाट पोखरामा हुने उडान रद्द
-
जिमेलमा अश्लील तस्बिर राख्दा खुल्यो पोल, यसरी पक्राउ परे छोरीमाथि यौन दुर्व्यवहार गर्ने बाबु
-
नेपालको सर्वोच्च अदालत र भारतको सर्वोच्च अदालतबिच समझदारीपत्रमा हस्ताक्षर
-
‘पोखरा–छेन्दु उडान नियमित गर्न सबैको सहयोग आवश्यक’
-
वायु प्रदूषण न्यूनीकरणका लागि तत्काल कदम चाल्न सरकारको ध्यानाकर्षण
-
तीनकुनेको प्रदर्शनमा ट्राफिक लाइट फुटाएको आरोपमा एक जना युवक पक्राउ