बुधबार, २७ चैत २०८१
ताजा लोकप्रिय

नेपाल उद्योग परिसंघ र थाई उद्योग महासंघबिच लगानी प्रवर्द्धन गर्ने समझदारी

बुधबार, २० चैत २०८१, १३ : ३२
बुधबार, २० चैत २०८१

काठमाडौँ । नेपाल उद्योग परिसंघ (सीएनआई) र थाई उद्योग महासङ्घ (एफटीआई) बिच दुई देशबिच लगानीका अवसर सिर्जना गर्दै नेपाल र थाइल्यान्डबिचको आर्थिक तथा व्यावसायिक सम्बन्ध थप सुदृढ गर्न समझदारी भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र थाइल्यान्डका प्रधानमन्त्री पेतोङत्रान शिनावात्राको उपस्थितिमा बुधवार थाइल्यान्डको बैंककमा परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल र एफटीआईका अध्यक्ष क्रियेंग्राई थेननुकुलले हस्ताक्षर गरेका हुन् । 

लगानी तथा व्यापार प्रबद्र्धनसँगै आर्थिक तथा व्यापार सम्बन्धी अध्ययन÷अनुसन्धान, तालिम तथा क्षमता विकास, कानुनी, नीतिगत विषयमा जानकारी आदानप्रदानलगायतमा सहकार्य गर्ने दुई संस्थाबिच समझदारी भएको हो ।

विदेशी लगानीकर्ताका लागि नेपाल उपयुक्त गन्तव्य मुलुक भएकाले यो समझदारीले थाइल्याडको लगानी भित्र्याउन सहयोग गर्ने विश्वास परिसंघका अध्यक्ष अग्रवालको थियो ।

उनले लगानी प्रवर्द्धन गर्न सहयोग गर्ने गरी सरकारले कानुनहरूमा सुधार गरेको र यसबाट लगानीकर्ताले फाइदा लिन सक्ने बताए । परिसंघले बजारका हिसाबले समेत विश्वका दुई ठुला मुलुकका बिच रहेकाले नेपालमा लगानी गर्दा धेरै फाइदा लिन सकिने भएकाले विदेशी लगानीकर्तालाई लगानीका लागि परिसंघले आह्वान गर्दै आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप