आइतबार, ३१ चैत २०८१
ताजा लोकप्रिय

अस्ट्रेलियन ओपन कराँते च्याम्पियनसिपमा नेपालका पाँच खेलाडी

बुधबार, २० चैत २०८१, १३ : २५
बुधबार, २० चैत २०८१

काठमाडौँ । अस्ट्रेलियन ओपन कराँते च्याम्पियनसिपमा सहभागी हुन पाँच खेलाडीसहित नौ सदस्यीय नेपाली टोली बुधबार अस्ट्रेलियाको सिड्नी प्रस्थान गर्ने भएको छ । टोली बुधबार राती ११ः०० बजे अस्ट्रेलिया प्रस्थान गर्ने तालिका छ ।

अप्रिल ४ देखि ६ तारिखसम्म आयोजना हुने प्रतियोगितामा एक पुरुष र चार महिला खेलाडीले नेपालको प्रतिनिधित्व गर्नेछन् । पुरुष ६७ केजीभन्दा मुनिको तौलसमूहमा सन्तोष श्रेष्ठले प्रतिस्पर्धा गर्नेछन् । यसैगरी, महिला ५० केजीभन्दा मुनिको तौलसमूहमा वर्षा बुढामगर, ५५ केजीभन्दा मुनिको तौलसमूहमा पुष्पका लामा, ६८ केजीभन्दा माथिको तौलसमूहमा एरिका गुरुङ र ६१ केजीभन्दा मुनिको  तौलसमूहमा सविना श्रेष्ठले प्रतिस्पर्धा गर्नेछन् । 

नेपाली टोलीको प्रशिक्षकमा कुशल श्रेष्ठ र मन्डेकाजी श्रेष्ठ रहेका छन् । सहायक प्रशिक्षक र अफिसियलमा अमिर राना तथा निर्णायकमा तारा गुरुङ रहेका छन् । टोलीलाई बुधबार नै राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले सफलताको शुभकामना दिँदै विदाइ गरे ।

 सोही अवसरमा आठौँ दक्षिण एसियाली खेलकुदको कराँतेमा स्वर्ण पदक विजेता विजय लामाले टोलीका लागि प्रायोजन गरेको ट्रयाक सुट पनि प्रदान गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप