भाटभटेनीमा ढुङ्गा हानेर राजतन्त्र फर्किँदैन, दुर्गा प्रसाईं गुन्डा नाइके हो : गुरुङ

काठमाडौँ । भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङले भाटभटेनीमा लुटपाट र ढुङ्गा हानेर नेपालमा राजतन्त्र नफर्कने बताएका छन् । आज भाटभटेनीले चैत १५ को घटनामा कम्पनीको सुरक्षामा योगदान दिएका कर्मचारीहरूलाई सम्मान गर्ने कार्यक्रमपछि बोल्दै उनले राजसंस्था फर्काउने आन्दोलनका जनकमान्डर बनाइएका दुर्गा प्रसाईँलाई गुन्डा नाइकेको संज्ञा समेत दिए ।
उनले गरेको आन्दोलनले भाटभटेनीमा लुटपाट र ढुङ्गा हानेर राजसंस्था फर्काउन सम्भव नभएको समेत गुरुङले बताए।
राज्यले उनलाई पुलपुल्याउँदा अहिले वितण्डा निम्तिएको उनको भनाइ छ । उनले भने, ‘हामीले बर्सेनि ट्याक्स तिर्छौँ सरकारलाई । हाम्रो ट्याक्सबाट सरकारले सुरक्षामा खर्च गर्छ । तर, हामीलाई सुरक्षा खोइ ? हाम्रा दशौँ हजार भाइ बहिनीको सुरक्षा खोइ ? दुलप्रसाद पराजुलीले मात्रै गरेर सुरक्षा हुन्छ ?’
राज्यले एउटा डनलाई पुल्पल्याएर राखेको हुँदा यो परिणाम आएको उनले बताए । उनको क्रियाकलापले राजसंस्था नआउने गुरुङले ठोकुवा गरे ।
‘मारवाडीले यस्तो गर्यो, त्यस्तो गर्यो भन्दै हिँड्छ । मारवाडी देशको नागरिक होइन ? मारवाडी भगाउन सम्भव छ ? देश कङ्गाल बनाउने ? दुर्गा प्रसाईँ गुन्डा नाइके हो । राज्यले पुलपुल्याउँदा आज यो परिणाम देखियो । उनले भने, ‘उसको क्रियाले राजसंस्था फर्किँदैन, म ठोकुवा दिएर भन्छु । भाटभटेनीलाई लुटपाट गरेर राजसंस्था फर्किन्छ ? भाटभटेनीमा ढुङ्गा हानेर नेपालको संविधान मेटिन्छ ? हामी बुझ्दैनौँ ? यो सबै डकैत हो ।’
राजावादी प्रदर्शनकारीले तीनकुनेमा एक जलाएका थिए भने कयौँ घरमा ढुङ्गा प्रहार गरेर क्षति पुर्याएका थिए ।
चैत १५ गते राजावादीको हिंसात्मक प्रदर्शनका कमान्डर प्रसाईंको नेतृत्वमा राजधानीको तीनकुने र कोटेश्वर क्षेत्रमा विध्वंश मच्चिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले अधिवेशनमा कार्यकर्ता उतार्न सरकारी इन्धन दुरुपयोग गरिएकोबारे अख्तियारले छानबिन गरोस : प्रभु साह
-
ऐन जारी हुने विश्वासिलो आधार भए मात्रै शिक्षकहरू वार्तामा बस्ने
-
शिक्षक आन्दोलनमा प्याब्सन र एन प्याब्सनले जनाए ऐक्यवद्धता
-
कर्णालीको राजधानीमा खानेपानी सङ्कट बढ्यो, ९६ घण्टाको अन्तरालमा सीमित वितरण
-
भारतको सीतामढीमा नेपाल-भारत सीमा सुरक्षासम्बन्धी संयुक्त बैठक सम्पन्न
-
सरकारले गर्दा जनता आक्रोशित भए : डा.शेखर कोइराला