बुधबार, २७ चैत २०८१
ताजा लोकप्रिय

‘पाटन फेस्ट’मा दुर्गेशसहित को–कसले दिँदै छन् प्रस्तुति ?

बुधबार, २० चैत २०८१, ११ : ४६
बुधबार, २० चैत २०८१

काठमाडौँ । चैत्र २३ गते अर्थात शनिबार नेपाल रोयल मल्टिप्रपोजको एकल आयोजनामा हुन लागेको ‘पाटन फेस्ट २०२५’मा गायक दुर्गेश थापासहित विभिन्न ब्यान्डहरूले प्रस्तुति दिने भएका छन् । शनिबार मध्यान्न १२ बजेबाट ललितपुरको च्यासल खेल मैदानमा आयोजना हुने यो महोत्सवमा १० हजार बढी दर्शकको उपस्थिति रहने अपेक्षा आयोजकको छ । 

महोत्सवमा युवापुस्ताका चर्चित गायक दुर्गेश थापाले दर्शक झुमाउनेछन् । उनी अतिथि गायकको रुपमा यो फेस्टमा दर्शकमाझ प्रस्तुत हुन लागेका हुन् । साथमा, ‘जोन एण्ड द लोकल्स, पूर्ण राई दाजुभाइहरू, अल्बारोस, स्वार’ लगायतका व्याण्डका कलाकारहरुले पनि दर्शक झुमाउनेछन् । 

दर्शकले यो महोत्सवमा सहभागी हुनका लागि खल्ती एपबाट टिकट काट्न सक्नेछन् । कार्यक्रममा सुविधा सम्पन्न खानेकुराका लागि २० वटा स्टल राख्ने तयारी आयोजकको छ ।

आयोजकले कार्यक्रममा प्रवेश गर्ने दर्शकले सुविधा सम्पन्न र अत्याधुनिक प्रविधिबाट तयार पारिएको साउण्ड सिस्टमबाट संगीतको मज्जा लिने विश्वास लिएको छ । यो फेस्टले पाटनको स्थानीय पर्यटनलाई समेत प्रोत्साहन गर्ने विश्वास लिइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप