योगी आदित्यनाथ बन्लान् नरेन्द्र मोदीको उत्तराधिकारी ?

नयाँ दिल्ली । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले प्रधानमन्त्री पदका लागि आफ्नो दाबीलाई लिएर ठुलो बयान दिएका छन् । हृदयदेखि आफू योगी भएको र राजनीति आफ्नो फुल टाइम काम नभएको पनि उनले बताए ।
आफू उत्तर प्रदेशका जनताको सेवा गर्न मुख्यमन्त्रीको पदमा रहेको अनि सधैंभरिका लागि राजनीतिमा नआएको पनि उनले स्पष्ट पारे । आफूले त भारतीय जनता पार्टीले दिएको जिम्मेवारी मात्रै पूरा गरिरहेको पनि उनले बताए ।
उनले यी सबै कुरा पीटीआईलाई दिएको एक अन्तरवार्तामा गरेका हुन् । प्रधानमन्त्री पदको लागि आफूले उम्मेदवारी दिएको कुरा पनि उनले अस्वीकार गरेका छन् । उनले भने, ‘म राजनीतिमा कति समय रहन्छु भन्ने कुराको समयसीमा छ । म सधैंभरि राजनीतिमा छैन ।’ आजभोलि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उत्तराधिकारी को बन्ला भन्नेबारे चर्चा चलिरहेको छ । योगीलाई उनका समर्थकहरूले प्रधानमन्त्री पदको दाबेदारको रूपमा हेरिरहेका छन् । मार्च ३० मा प्रधानमन्त्री मोदीको सङ्घ मुख्यालयको भ्रमणपछि यी छलफलहरू तीव्र भएका छन् । सामाजिक सञ्जालमा भइरहेको छलफलमा मुख्यमन्त्री योगी र महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीस र केन्द्रीय मन्त्री नितिन गडकरीलाई प्रधानमन्त्री पदको दाबेदारको रूपमा हेरिएको छ ।
राजनीतिमा धर्म मिसाउनु गलत नभएको आदित्यनाथले बताएका छन् । धर्मलाई केही ठाउँमा सीमित गर्नु र राजनीतिलाई केही मानिसहरूमा छोड्नु गल्ती भएको पनि उनले बताए । यसले समस्या सिर्जना गर्ने उनको भनाइ छ । राजनीतिको उद्देश्य स्वार्थ पूरा गर्नु नभएर समाजको भलाइ गर्नु भएको उनी भन्छन् । त्यसैगरी, धर्मको उद्देश्य पनि दान भएको उनले बताए । धर्मलाई स्वार्थी उद्देश्यका लागि प्रयोग गर्न थालेपछि समस्याहरू उत्पन्न हुने, तर उद्देश्य परोपकारी हुँदा धर्मले प्रगतिको बाटो खोल्नेमा उनले जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् अछाम आगलागीले पुर्याएको क्षति
-
नेपालको विजयी सुरुवात, ब्याट्सम्यानहरु लयमा देखिएपछि कतारलाई सजिलै हरायो
-
सुदूरपश्चिम विश्वविद्यालयका क्याम्पसहरूमा स्ववियु निर्वाचन, केन्द्रीय क्याम्पसमा भने तालाबन्दी
-
नारायणगढ–बुटवल सडक विस्तार : दाउन्ने खण्ड दैनिक चार घण्टा बन्द
-
अछामको बान्नीगढी जयगढमा भीषण आगलागी, सात करोड बराबरको क्षति
-
गणतन्त्रविरुद्ध प्रतिक्रान्तिको दुष्प्रयत्न : दोषी को ?