बिहीबार, २८ चैत २०८१
ताजा लोकप्रिय

मध्यपश्चिम विश्वविद्यालयको स्ववियु निर्वाचनमा नेविसंघ विजयी

बुधबार, २० चैत २०८१, ०६ : २६
बुधबार, २० चैत २०८१

‎सुर्खेत । ‎ मध्यपश्चिम विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनमा कांग्रेस निकट नेविसंघ विजयी भएको छ।

‎‎सभापतिमा नेविसंघका विवेक खड्का ११ सय ८८ मत ल्याएर निर्वाचित भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी अनेरास्ववियुका जगतजंग शाहीले ९०७ मत ल्याए। ‎‎यस्तै अखिल क्रान्तिकारी तेस्रो स्थानमा आयो ।‎

‎‎सचिवमा भूपेन्द्र आचार्यले १३ सय ९६ विजयी भए भने कोषाध्यक्षमा लोकप्रसाद रिजाल निर्वाचित भए ।

‎‎मंगलबार राति सम्पन्न मतगणना अनुसार सबै पदमा नेविसंघका उम्मेदवार विजयी भएका हुन् । 

‎‎‎कुल ४ हजार ३८३ मतदातामध्ये २ हजार ८६४ जना मतदानमा सहभागी थिए ।

1

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप