मौसम पूर्वानुमान : छैन वर्षाको सम्भावना, तापक्रम बढ्दै जाने
बुधबार, २० चैत २०८१, ०६ : ११
_l2LWvMfvNi.jpg)
काठमाडौँ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।जसको प्रभावले हाल कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।
आज दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। राति पहाडी क्षेत्रमा आंशिक बदलीको सम्भावना रहेको छ ।
देशका अधिकांश भूभागहरूमा तापक्रम वृद्धि हुँदै जाने सम्भावना रहेको छ । वर्षाको सम्भावना कम रहेको कारण सुख्खापन, आगलागी तथा वायु प्रदूषण बढ्दै जाने सम्भावना रहेकोले स्वास्थ्य, दैनिक जनजीवन प्रभाव पर्न सक्ने हुँदा त्यसबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चैत २९ देखि काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय यातायात सम्मेलन हुँदै
-
प्रधानमन्त्रीले गरे पाणिनी तपोभूमि सम्मेलनको उद्घाटन
-
तीनकुने घटनामा कुनै साइनो नभएका पूर्वराजामाथि लाञ्छना लगाउने काम गरियो : कमल थापा
-
वैशाख २२ गते सामूहिक गिरफ्तारी दिने जगमानको घोषणा
-
रोजगारी सिर्जनाका लागि आईएसभीजी र चीनको सांघाई हाइस्यानबिच सम्झौता
-
१० वर्ष भित्रमा २८ हजार ५ सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य छ : उर्जामन्त्री खड्का