तीनकुने घटना
पत्रकार रजकको एक्स-रे सम्पन्न, गोली लागेको भेटिएन
मङ्गलबार, १९ चैत २०८१, २२ : ०४

काठमाडौँ । तीनकुनेमा भएको प्रदर्शनमा मृत भेटिएका पत्रकार सुरेश रजकको शरीरको एक्स-रे गरिएको छ । शरीरको पोर्टेबल एक्स-रे गरेपछि मात्र पोस्टमार्टम गर्ने चिकित्सकको अडानपछि एक्स-रे गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले रातोपाटीलाई बताए ।
त्रिवि शिक्षण अस्पतालमा एक्स-रे गर्दा उनको शरीरमा गोली लागेको नभेटिएको प्रहरी अधिकृतहरू बताउँछन् । तर, उनलाई पनि गोली लागेको भनेर प्रचार भएसँगै चिकित्सकहरूले त्यसबारे यकिन गर्न एक्स-रे गर्नुपर्ने अडान राखेका थिए ।
तीनकुनेमा प्रदर्शनकारीहरुले आगजनी गरेको घरमा उनी मृत भेटिएका थिए । प्रदर्शनको भिडियो खिच्न उनी सो घरमा गएका हुन् । उनको पोस्टमार्टम बुधवार हुने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास
-
कलाकार वत्सगोपाल, जो तन्त्रका विम्बसँग खेलिबस्छन्
-
मकालुमा लेक लागेर चिकित्सकको मृत्यु
-
रचनात्मक पत्रकारिता काउन्सिलको प्राथमिकतामा : अध्यक्ष बस्नेत
-
यस्तो देखियो ‘नरसिंहाः अवतार’ मा नीति शाहको लुक्स
-
कर्फ्युअघि पर्सामा ७० राउण्ड अश्रुग्यास प्रहार, २ राउण्ड हवाइ फायर