लखनउद्वारा जितका लागि १ सय ७२ रनको लक्ष्य प्रस्तुत

लखनउ । इन्डियन प्रिमियर लिग (आईपीएल) को १३औँ खेलमा लखनउ सुपर जायन्ट्सले पञ्जाब किंग्ससामु जितका लागि १ सय ७२ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७१ रन बनाएको हो ।
टोलीको सुरुवात भने राम्रो हुन सकेन । चौथो बलमा नै मिचेल मार्स शून्य रनमा अर्शदीप सिंहको शिकार भए । त्यसपछि ऐडन मार्क्रमले तीव्र गतिमा रन बनाउँदै १८ बलमा २८ रन जोडे । उनले ४ चौका र १ छक्का हिर्काए ।
उनी चौथो ओभरमा लोकी फर्गुसनद्वारा बोल्ड हुन पुगे । कप्तान ऋषभ पन्त मात्र २ रन बनाएर पभेलियन फर्किँदा टोलीले ३ विकेटमा मात्र ३५ रन जोड्न सकेको थियो ।
त्यसपछि निकोलस पुरन र आयुष बडोनीले टोलीलाई सम्हाले । पुरनले ३० बलमा ४४ रनको योगदान दिए । उनले ५ चौका र २ छक्का हिर्काए । बडोनीले ३२ बलमा ४१ रन जोडे । उनले १ चौका र ३ छक्का हिर्काए ।
डेभिड मिरले १९ रन बनाए भने खेलको अन्त्यतिर अब्दुल सामदले १२ बलमा २७ रनको महत्त्वपूर्ण योगदान दिए । उनले २ चौका र २ छक्का हिर्काए ।
पञ्जाबका लागि अर्शदीप सिंहले ४ ओभर बलिङ गर्दै ४३ रन खर्चेर ३ विकेट लिए । लोकी फर्गुसन, ग्लेन म्यासवेल, मार्को यानसेन र युजवेन्द्र चहलले १–१ विकेट हात पारे ।
लखनउले हालसम्म २ खेलमा एकमा जित र एकमा हार बेहोरेको छ । पञ्जाबको भने यो दोस्रो खेल हो । टोलीले पहिलो खेल जितेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोयल च्यालेन्जर्स बैंग्लुरुविरुद्ध गुजरातको शानदार जित, बट्लरको विष्फोटक ब्याटिङ्
-
‘मिर्गी’ रोग पीडित बालिकाको उपचारका लागि ६८ लाखभन्दा बढी जुट्यो
-
१२ बजे, १२ समाचार : प्रधानमन्त्रीको थाइल्याण्ड भ्रमणदेखि तीनकुने घटनामा प्रहरीले चलाएको गोलीबारे जानकारीसम्म
-
लुम्बिनीमा उपकुलपतिहरुको अन्तरराष्ट्रिय सम्मेलन
-
भारतमा लडाकु विमान दुर्घटना
-
झापामा सवारी दुर्घटना, एक जनाको मृत्यु