१० बजे १० समाचार : तीनकुने घटनामा प्रहरीको चुकदेखि बालेनको अल्टिमेटमसम्म

आज २०८१ चैत १९ गते मंगलबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–
- अस्ताए दीपक
प्रतिनिधिसभा सदस्य तथा राप्रपाका वरिष्ठ नेता दीपक बोहोराका निधन भएको छ । लामो समयदेखि अस्वस्थ उनको राजधानीको ओम अस्पतालमा मंगलबार उपचारका क्रममा निधन भएको हो ।
- अस्ताए दीपक
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको चालु अधिवेशन अन्त्य गरेका छन् ।मन्त्रिपरिषद्को चैत १८ गते बसेको बैठकको सिफारिसका आधारमा राष्ट्रपति पौडेलले मंगलबार राति १२ बजेबाट लागु हुने गरी अन्त्य गरेको राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत जानकारी दिएको हो ।
- तीनकुने घटना
सम्भावित खतरा मूल्याङ्कन गर्न नसक्नु र प्रोएक्टिभ योजना नहुनु तीनकुने घटनाको सुरक्षा कमजोरी रहेको पूर्वएआईजी राजेन्द्र सिंह भण्डारीले बताए । उनले भने, ‘रियाक्टिभ काम बढी भयो तर, रोक्नुपर्ने र छेक्नुपर्ने कुरामा सुरक्षाकर्मीहरू चुकेका छन् ।’
तीनकुनेमा मृत्यु भएका सविन महर्जनको शव परीक्षण गरिएको छ । त्रिवि शिक्षण अस्पतालमा महर्जनको पोस्टमार्टम गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले रातोपाटीलाई बताए ।
- लोसपा महाधिवेशन
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको महाधिवेशन सर्ने भएको छ । वैशाख २६ गतेका लागि तय भएको महाधिवेशनको तयारी नपुगेको कारण सर्ने अवस्था आएको सो पार्टीका एक नेताले बताए ।
- नजिकिँदै ओली–नेपाल
राजनीतिमा एउटा पार्टीको नेताले अर्को पार्टीको नेतासँग भेटघाट र छलफल गर्नु सामान्य मानिन्छ । सत्ता पक्षको नेता (प्रधानमन्त्री) र प्रतिपक्षका नेताबिचको भेटघाट र छलफललाई पनि सामान्य रूपमै लिइन्छ ।
- राजावादीको आगजनी
काठमाडौँको जडीबुटीस्थित 'जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी' शुक्रबारदेखि बन्द छ । ४३ वर्षदेखि निरन्तर रूपमा सञ्चालन हुँदै आएको उक्त कम्पनीको केन्द्रीय कार्यालय तथा प्रशोधन उत्पादन केन्द्रमा आगजनी भएपछि उक्त कम्पनीले उत्पादन बन्द गरेको हो ।
- नजिकिए गणतन्त्रवादी
तीनकुनेमा चैत १५ गते राजावादीले हिंसात्मक गतिविधि गरेपछि गणतन्त्र पक्षधर विपक्षी दलहरूले एकजुट भएका छन् । शुक्रबारको उक्त हिंसात्मक गतिविधिमा परी दुई जनाको मृत्यु भएको थियो भने ठुलो मात्रामा निजी तथा सार्वजनिक सम्पत्तिमा क्षति पुगेको थियो ।
- बालेनको 'अल्टिमेटम'
काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ले एक साताभित्र प्रमुख प्रशासकीय अधिकृत पठाउन अल्टिमेटम दिएका थिए । उनले गएको २४ गते फेसबुकमा सरकारकै दम्भका कारण प्रमुख कार्यकारी अधिकृत नपठाएको र सरसफाइ कर्मचारीले तीन महिनादेखि तलब नपाएको लेखेका थिए ।
- प्रधानमन्त्री ओली थाइल्यान्डमा
प्रधानमन्त्री केपी शर्मा ओली थाइल्यान्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक)को छैटौं शिखर सम्मेलनमा भाग लिने क्रममा आज थाइल्यान्डको बैंकक पुगेका छन् ।
- उपभोक्ता अदालत
उपभोक्ता अदालत सञ्चालनमा आएको दुई साता नाघ्यो । यस अवधिमा अदालतमा चार वटा मुद्दा दर्ता भएका छन् । नेपालमा पहिलो पटक सञ्चालनमा आएको यो अदालत २०८१ चैत २ गते त्रिपुरेश्वरस्थित उद्योग विभाग परिसरको भवनमा उद्घाटन गरियो । उद्घाटन भएको भोलिपल्ट ३ गतेदेखि सञ्चालनमा ल्याइयो । उपभोक्ता अदालत सञ्चालनमा आएको पहिलो दिन नै तीनवटा मुद्दा दर्ता भए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोयल च्यालेन्जर्स बैंग्लुरुविरुद्ध गुजरातको शानदार जित, बट्लरको विष्फोटक ब्याटिङ्
-
‘मिर्गी’ रोग पीडित बालिकाको उपचारका लागि ६८ लाखभन्दा बढी जुट्यो
-
१२ बजे, १२ समाचार : प्रधानमन्त्रीको थाइल्याण्ड भ्रमणदेखि तीनकुने घटनामा प्रहरीले चलाएको गोलीबारे जानकारीसम्म
-
लुम्बिनीमा उपकुलपतिहरुको अन्तरराष्ट्रिय सम्मेलन
-
भारतमा लडाकु विमान दुर्घटना
-
झापामा सवारी दुर्घटना, एक जनाको मृत्यु