नेपाल सुपर लिग फुटबल
नेपाल सुपर लिगमा धनगढीको गोल वर्षा
मङ्गलबार, १९ चैत २०८१, २१ : १४

काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल) मा धनगढी एफसीले बुटवल लुम्बिनी एफसीमाथि सहज जित हात पारेको छ । मंगलबार भएको खेलमा धनगढीले बुटवललाई ४–१ गोलअन्तरले हराएको हो ।
खेलको सुरुवातमा नै अहमद हिजाजीले गोल गर्दै धनगढीलाई अग्रता दिलाएका थिए । तर, केन्टा हाराले ३०औँ मिनेटमा बुटवलका लागि बराबरी गोल फर्काए ।
दोस्रो हाफको ७४ औँ मिनेटमा कृतिष रत्न छुन्जुले पुनः धनगढीलाई अग्रता दिलाए । इन्जुरी समयमा बुटवलले थप दुई गोल खान पुग्यो । हिजाजीले व्यक्तिगत दोस्रो गोल गरे भने सर्जियो बारबोजा जुनियरले अर्को गोल थपे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोयल च्यालेन्जर्स बैंग्लुरुविरुद्ध गुजरातको शानदार जित, बट्लरको विष्फोटक ब्याटिङ्
-
‘मिर्गी’ रोग पीडित बालिकाको उपचारका लागि ६८ लाखभन्दा बढी जुट्यो
-
१२ बजे, १२ समाचार : प्रधानमन्त्रीको थाइल्याण्ड भ्रमणदेखि तीनकुने घटनामा प्रहरीले चलाएको गोलीबारे जानकारीसम्म
-
लुम्बिनीमा उपकुलपतिहरुको अन्तरराष्ट्रिय सम्मेलन
-
भारतमा लडाकु विमान दुर्घटना
-
झापामा सवारी दुर्घटना, एक जनाको मृत्यु