राजस्थानमा नाइट्रोजन ग्यास चुहिँदा तीन जनाको मृत्यु, ६० भन्दा बढी अस्पताल भर्ना

राजस्थान । राजस्थानको बेवार जिल्लामा रहेको एसिड कारखानामा नाइट्रोजन ग्यास चुहिँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ । त्यस्तै ६० भन्दा बढी मानिसहरूलाई अस्पतालमा भर्ना गरिएको छ ।
अवैध रूपमा सञ्चालन भइरहेको एउटा कारखानाबाट नाइट्रोजन ग्यास चुहिएको कलेक्टर महेन्द्र खड्गवतले बताएका छन् । प्रहरी र प्रशासनका मानिसहरू समयमै त्यहाँ पुगेर चुहावट रोकेका थिए, अन्यथा ठुलो घटना हुन सक्थ्यो । घटनामा कारखानाका मालिकसहित तीन जनाको मृत्यु भएको छ ।
एसडीएम दिव्यांश सिंहले अनुसन्धान जारी रहेको र संयुक्त टोली गठन गरिएको जानकारी दिए । उनले भने, ‘टोलीले सर्वेक्षणमार्फत बेवरमा त्यस्ता कारखानाहरू पहिचान गर्ने र नियमहरू पालना नगर्ने कारखानाविरुद्ध कारबाही गर्न मिल्नेगरी काम गर्नेछ ।
आजको घटनाको एफआईआर दर्ता भैसकेको पनि उनले जानकारी दिए । प्रशासनले कारखाना सिल गर्न आदेश दिएको छ भने उक्त क्षेत्र खाली गराइएको छ । बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भाडाको घरमा बस्दा वास्तुबारे के–के ख्याल गर्नुपर्छ ?
-
सीमा क्षेत्रका स्थानीयलाई प्रवेश पास प्रदान
-
कमलबजारमा ‘हवैजहाज’ त उड्यो, चलेन बिजुलीपङ्खा
-
बुद्धका विचारको महत्त्व संसारभर झन् बढिरहेको छ : प्रधानमन्त्री ओली
-
पहलगाम हमलाको निष्पक्ष अनुसन्धानमा सहयोग गर्न पाकिस्तान तयार
-
नेपालको क्रिकेटसँग जोडिन पाउँदा निकै उत्साहित छु : नवनियुक्त प्रशिक्षक स्टुअर्ट ल