५ करोड क्लबमा ‘दुस्मन हेरेको हेर्यै’
मङ्गलबार, १९ चैत २०८१, २० : ५०

काठमाडौँ । दुर्गेश थापाको गीत ‘दुस्मन हेरेको हेर्यै’ युट्युबमा ५ करोड क्लबमा प्रवेश गरेको छ । रिलिज भएको ३ महिनामा नै गीतले यो उपलब्धि हासिल गर्न सफल भएको हो ।
सफलताबारे जानकारी दिँदै थापाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘ तपाईँहरूको माया, साथ, र समर्थनले हाम्रो दुस्मन हेरेको हेरै गीत तिन महिनामै ५ करोड क्लबमा प्रवेश गरेको छ तपाईँहरूको साथ सपोर्टको नतिजा हो यो, नेपाली गीतसंगीतलाई यो स्थानसम्म पुर्याइदिने दर्शक श्रोतालाई मुरी मुरी धन्यवाद, आगामी दिनमा अझ राम्रा गीतहरू ल्याउनेछु । तपाईँहरूको माया र साथ सधैँ रहोस् ।’
गीतमा थापासहित आनन्द कार्की, समीक्षा अधिकारी र एलिना चौहानको स्वर रहेको छ । त्यस्तै, म्युजिक भिडियोमा प्रियंका कार्की, कविता नेपाली, पेमा लामा र सहदेव श्रेष्ठको अभिनय रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोयल च्यालेन्जर्स बैंग्लुरुविरुद्ध गुजरातको शानदार जित, बट्लरको विष्फोटक ब्याटिङ्
-
‘मिर्गी’ रोग पीडित बालिकाको उपचारका लागि ६८ लाखभन्दा बढी जुट्यो
-
१२ बजे, १२ समाचार : प्रधानमन्त्रीको थाइल्याण्ड भ्रमणदेखि तीनकुने घटनामा प्रहरीले चलाएको गोलीबारे जानकारीसम्म
-
लुम्बिनीमा उपकुलपतिहरुको अन्तरराष्ट्रिय सम्मेलन
-
भारतमा लडाकु विमान दुर्घटना
-
झापामा सवारी दुर्घटना, एक जनाको मृत्यु