बरिष्ठ नेताको निधनप्रति राप्रपा दुःखी

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीको आज बसेको केन्द्रीय पदाधिकारीको बैठकले बरिष्ठ नेता तथा प्रतिनिधिसभा सदस्य दीपक बोहोराको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ ।
बैठकपछि जारी विज्ञप्तिमा बोहोराको निधनबाट राप्रपा र नेपालको राष्ट्रवादी आन्दोलनलाई ठूलो क्षति पुगेको र राप्रपा निर्माणमा उहाँको योगदान सदैव स्मरण गर्ने उल्लेख गरिएको छ । साथै बैठकले शोकाकुल परिवारमा समवेदना प्रकट गरेको छ ।
वरिष्ठ नेता बोहोराको निधनमा तीन दिन शोक मनाउने, शोक प्रकट गर्न तीन दिन पार्टीको केन्द्रीय कार्यालय, जिल्ला र कमिटिगत कार्यालयहरुमा पार्टीको झण्डा आधा झुकाउने, तीन दिन कुनै औपचारिक कार्यक्रम नगर्ने बैठकले निर्णय गरेको छ ।
वरिष्ठ नेता बोहोराको पार्थिव शरिरलाई अन्तिम श्रद्धाञ्जलीका लागि चैत २० गते बुधबार दिउँसो २ बजेदेखि पार्टी केन्द्रीय कार्यालय चाबहिलमा राखिने र बुधबार नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने राप्रपाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्यानमारमा स्वास्थ्य सेवा प्रदान गरी फर्कियो नेपाली सेनाको चिकित्सकीय टोली, कतिको भयो उपचार ?
-
प्राधिकरणको बोर्ड बैठक : विद्युत दुर्घटनाका पीडितलाई १० लाखसम्म राहत दिने निर्णय
-
स्वास्थ्य मन्त्रालयद्वारा नागरिकले निःशुल्क प्राप्त गर्ने स्वास्थ्य सेवा सम्बन्धी सबै विवरण सार्वजनिक
-
सकेसम्म आम सहमतिका आधारमा संविधान संशोधन हुन्छ : सञ्चारमन्त्री
-
प्रधान सेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान
-
‘रवीन्द्र मिश्र र धवल शमशेरलाई थुनामा राखेर सरकारले ठूलो अन्याय गर्यो’