बागमती प्रदेशसभा बैठक सूचना टाँस गरेर स्थगित, बुधबार १ बजे बस्ने

हेटौँडा । बागमती प्रदेशसभा बैठक सूचना टाँस गरेर बुधबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ । प्रतिपक्ष र सत्तापक्ष दलहरुबीच बजेट माथिको विवाद कायमै रहेपछि प्रदेशसभाको बैठक बुधबार १ बजेका लागि सारिएको हो ।
मंगलबार दिउँसो १ बजेका लागि आह्वान भएको प्रदेशसभा बैठक दलहरुबीच सहमती हुन नसक्दा दिउँसो ४ बजेसम्मका लागि सारिएको थियो । ४ बजे आह्वान गरेको बैठक पनि बस्ने अवस्था नरहेपछि सूचना टाँस गरेर बुधबार १ बजेका लागि बैठक स्थगित गरिएको हो । मंगलबार बसेको प्रदेशसभामा प्रतिनिधित्व गर्ने ७ दलको बैठकपछिको कार्य व्यवस्था परामर्श समितिको बैठकले बुधबार १ बजेसम्मका लागि बैठक सार्ने निर्णय गरेको हो ।
प्रदेशसभा सभामुख भुवनकुमार पाठकका अनुसार दलहरुबीच विगतको बजेटमाथिको सहमतिका विषयहरु समेट्ने सहमति बनेको र सोहीअनुसार बैठक आह्वान गरिएको हो । उक्त बैठकमा प्रदेशसभाका समितिमा तयार भएका संशोधन विधेयकका प्रतिवेदनहरु पेश हुने कार्यसूचि रहेको उनले बताए ।
उक्त विधेयकका प्रतिवेदनहरुलाई छलफल गरेर पारित गर्नुपर्ने भएकाले केही दिन प्रदेशसभा चलाउने गरी विषेश समयको कार्यसूचि राखेर बैठक संचालन गरिने उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
थाइल्यान्डबाट ल्याएको ५ केजी गाँजा विमानस्थलबाट बरामद, ३ जना पक्राउ
-
२४ वर्षपछि बारको महासचिवमा एमालेको ‘कमब्याक’, को हुन् कोइराला ?
-
थाइल्याण्डबाट ल्याएको ५ केजी गाँजा विमानस्थलबाट बरामद, ३ जना पक्राउ
-
मिडेयाद्वारा आकर्षक अफर र लक्की ड्रको घोषणा
-
१२८ वर्षपछि ओलम्पिकमा फर्किएको क्रिकेटले ६ टोलीमात्र सहभागी गराउन पाउने
-
विश्व योगासनाका पदक विजेतालाई राखेपको बधाई