जसपानिकट प्रेस मञ्चको जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व निर्वाचित

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालनिकट प्रेस मञ्च, नेपालको अधिवेशनबाट विभिन्न जिल्लामा नयाँ नेतृत्व निर्वाचित भएका छन् ।
बारा, पर्सा र रौतहटमा आयोजित अधिवेशनबाट नयाँ नेतृत्व निर्वाचित गरिएको प्रेस मञ्च नेपालका महासचिव अवधेश झाले जानकारी दिएका हुन् । उनकाअनुसार पर्सामा रामजी यादव, बारामा मेघराज पासमान (निखिल) र रौतहटमा किशोरी यादवको अध्यक्षतामा नयाँ कार्य समिति निर्वाचित गरिएको छ ।
संगठनले मधेस प्रदेशअन्तर्गतका जिल्लामा अधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ । जसअनुसार सङ्गठनले चैत्र २० गते सिरहा, २१ गते सप्तरी, २२ गते महोत्तरी, २३ गते धनुषा र २४ गते सर्लाही जिल्ला अधिवेशन गर्ने भएको छ ।
अन्य प्रदेशअन्तर्गतका जिल्लाहरूको अधिवेशन सम्पन्न भएसँगै संगठनको केन्द्रीय समितिको अधिवेशन गरिने महासचिव झाले बताए । जसपा नेपालले पार्टीनिकट भ्रातृ सङ्गठनहरुको वैशाख मसान्तसम्म अधिवेशन गरिसक्न सर्कुलर गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सञ्चो’ कम्पनीमा २८ करोड क्षति : पुनः सञ्चालन सम्भव छ ?
-
हरेक दिन २० पुस-अप गर्नुहोस्, पाउनुहुनेछ ५ परिवर्तन
-
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
-
कंगोको राजधानीमा मुसलधारे वर्षाका कारण ३० जनाको मृत्यु
-
छ वर्षपछि उत्तर कोरियामा प्योङयाङ म्याराथन, विदेशीहरूको पनि सहभागिता
-
गर्मीमा हरेक दिन एक टुक्रा काँचो प्याज खानुका ७ फाइदा