काठमाडौँ । अपाङ्गता भएका व्यक्तिहरूले मंगलबार र्याम्प वाक गरेका छन् । निर्मला फाउन्डेसनको आयोजनामा एम्पुटी रनवे नेपालको र्याम्पमा कृत्रिम हात खुट्टा लगाएर वाक गरेका हुन् ।
समाजमा अपाङ्गता भएका मानिसहरूलाई गरिने हेयको व्यवहार विरुद्ध या कार्यक्रम आयोजना गरिएको फाउन्डेसनकी संस्थापक निर्मला भण्डारीले बताइन् । अप्रिल महिना एम्पुटीबारे जनचेतना जगाउनको लागि पनि आयोजना गरिएको भण्डारीको भनाई छ ।
प्रतिक्रिया