शनिबार, ३० चैत २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
राजावादी प्रदर्शन

हिरासतमा रवीन्द्र र धवलको मेन्युः मिनरल वाटर, स्याउ र काजु

भिडमा राखेकोमा रवीन्द्रको गुनासो, ‘साह्रै भयो’
मङ्गलबार, १९ चैत २०८१, १८ : १३
मङ्गलबार, १९ चैत २०८१

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर जबरा अहिले भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा छन् । उनीहरु चैत १५ गते राति नै पक्राउ परेका हुन् ।

उनीहरुमाथि तीनकुनेमा प्रदर्शनकारीलाई उत्तेजित बनाएर नीजि तथा सार्वजनिक सम्पत्ति तोडफोड गरेको र मानिसको मृत्यु हुने अवस्था सिर्जना गरेको आरोप छ । उनीहरुलाई प्रहरीले राज्यबिरुद्धको कसुरमा अनुसन्धान गरिरहेको छ ।

मिश्र  र जवरालाई प्रहरीले सँगै राखेको छ । डा. धवलशमशेर क्यान्सरका विरामी हुन् । पार्टीका नेता कार्यकर्तासँग भेटघाट र आपसमा कुरा गरेर उनीहरु हिरासमा दिन कटाउँछन् ।

दुवैजना मांसाहारी हुन् । हिरासतका अरु थुनुवालाई तयार गरेको खाना दुवै जना खाँदैनन् । आफ्नो इच्छाअनुसार प्रहरीको क्यान्टिनमा खाना अर्डर गर्छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका एकजना अधिकृत भन्छन्, ‘दुवैजना मासु र रोटी खान्छन् ।’

जवरा चाहिँ बेलाबेला स्याउ र काजु खान्छन् । ति अधिकृत भन्छन्, ‘जबराले भनेअनुसार स्याउ र काजु पनि उपलब्ध गराएका छौं ।’ सामान्य पानीले स्वास्थ्य समस्या हुनसक्ने भन्दै उनीहरुले नियमित ‘मिनरल वाटर’ प्रयोग गर्ने गरेका छन् ।

हिरासतको एउटै कोठामा बस्ने उनीहरुलाई भेट्न राप्रपा नेपालका अध्यक्ष कमल थापा, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, डा. प्रकाशचन्द्र लोहनी, पशुपति शमशेर जबरा, ज्ञानेन्द्र शाही र जयन्द्र चन्दले भेटघाट गरेका छन् ।

प्रहरीले उनीहरुलाई शनिबारसम्म छुट्टाछुट्टै राखेको थियो । तर, मिश्रले आफुलाई सामान्य थुनुवासँग राखिएको भनेर गुनासो गरे । अधिकृतहरुसँग उनले भनेका थिए, ‘घुरेर सुत्नै सकिँन, साह्रै भयो ।’

गुनासो गरेपछि प्रहरीले दुवैजनालाई एउटै कोठामा राखेको छ । उनीहरुलाई ५ दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ । उनीहरुसँगै ११ जनालाई राज्यबिरुद्धको कसुर र ३० जनालाई आपराधिक उपद्रवसहितको कसुरमा प्रहरीले अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप