आइतबार, ३१ चैत २०८१
ताजा लोकप्रिय

सांसद बोहराको निधनमा सिद्धार्थनगरले शोक बिदा दिने

मङ्गलबार, १९ चैत २०८१, १७ : २४
मङ्गलबार, १९ चैत २०८१

बुटवल । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका कार्यालयले बुधबार शोक बिदा दिने निर्णय गरेको छ। 

मंगलबार सिद्धार्थनगर नगरपालिकाका मेयर इस्तियाक अहमद खाँको अध्यक्षतामा बसेको नगर कार्यपालिका बैठकले नगरबासीसमेत रहेका सांसद दीपक बोहराको निधनप्रति दुःख व्यक्त गर्दै भोलि (बुधबार) सिद्वाथ नगरमा शोक बिदा दिने निर्णय गरेको हो ।

बिदाका दिन नगरभित्र सबै सरकारी काम रोकेर शोक मनाउने निर्णय भएको छ । तर नगरमा सञ्चालित वार्षिक परीक्षा भने यथावत् रहने पनि सूचनामा जनाइएको छ । 

रुपन्देही-३ बाट निर्वाचित सांसद बोहराको मंगलबार बिहान काठमाडौँको ओम अस्पतालमा उपचारका क्रममा निधन भएको हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप