पत्रकार सुरेश रजकको शव एक्सरे गरेपछि मात्र पोष्टमार्टम गर्ने चिकित्सकको अडान

काठमाडौं । तीनकुनेमा भएको प्रदर्शनमा जलेर मृत्यु भएका पत्रकार सुरेश रजकको पोष्टमार्टममा ढिलाई भएको छ ।
त्रिवि शिक्षण अस्पतालका चिकित्सकहरुले उनको शरिरको पोर्टेबल एक्सरे गरेपछि मात्र पोष्टमार्टम गर्ने अडान लिएका छन् ।
रजकका परिवारले घटना अनुसन्धान गर्न जाहेरी दिएसँगै प्रहरीले उनको पोष्टमार्टम प्रक्रिया अघि बढाउन अस्पताल प्रशासनलाई आग्रह गरेको छ । तर, उनलाई गोली लागेको हल्ला फैलिएपछि चिकित्सकहरुले एक्सरे गरेर मात्र पोष्टमार्टम थाल्ने अडान लिएका हुन् ।
पोर्टेबल एक्सरे मेशिन त्रिवि शिक्षण अस्पतालमा नभएको र अन्यत्र खोजी भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एकजना अधिकृतले रातोपाटीलाई बताए ।
चैत १५ मा समाचार संकलन गर्ने क्रममा उनको मृत्यु भएको थियो । आगजनी गरिएको घरमा मृत भेटिएका उनको शरिरमा गोली नलागेको प्रहरी अधिकृतहरु बताउँछन् । तर, सामाजिक सञ्जालमा उनलाई गोली लागेको भनेर ‘अफवाह’ फैलाइएको एकजना प्रहरी अधिकृतले बताए ।
प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ र नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनर्स्थापनाका लागी संयुक्त जनआन्दोलन समिति’ले आयोजना गरेको प्रदर्शनमा धेरैलाई गोली लागेको आशंका गरिएको छ । तर, त्यहाँ कत्ति गोली चल्यो भन्नेबारे प्रहरीसँग अझै एकिन तथ्यांक छैन । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल बोहरा भन्छन्, ‘खर्च भएको गोलीको विवरण संकलन गर्दैछौं ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा पुरुषको शव फेला
-
अझै भेटिएनन् सप्तकोशीमा बगेका मामाभाञ्जा
-
ट्रम्पको रूसी राष्ट्रपति पुटिनलाई कडा सन्देश : ‘अब शान्ति सम्झौता गरौँ’
-
ओली सरकार असफल भइसक्यो, ढल्न मात्रै बाँकी छ : वर्षमान पुन
-
ग्रीन हाइड्रोजनको सम्भावना कार्यविधिमार्फत अघि बढाउँछौँ : ऊर्जामन्त्री खड्का
-
१० बजे, १० समाचार : सरकार छाड्ने गगनको चेतावनीदेखि देउवाको प्रतीक्षामा प्रचण्डसम्म