‘सुनबारी’ लिएर आउँदै गाउँले भाइ
मङ्गलबार, १९ चैत २०८१, १७ : ०८

काठमाडौँ । इनोभेटिभ ब्यान्ड गाउँले भाइले आफ्नो दोस्रो एल्बम सुनबारीलाई बजारमा ल्याउन लागेको छ । शुक्रबार चैत्र २२ गते ब्यान्डको उक्त एल्बम रिलिज हुँदैछ । डेब्यू एल्बम ‘जोरो’को सफलतापछि ब्यान्ड दोस्रो एल्बमका साथमा आउन लागेको हो ।
एल्बम रिलिज भएकै दिनदेखि सबै मुख्य स्ट्रिमिङ प्लेटफर्ममा उपलब्ध हुने बताइएको छ । एल्बममा रहेका गीतहरूले टिस्टा/कालिङ्गपोङ क्षेत्रका मानिसहरूको दैनिक अनुभव र जीवनयापनलाई झल्काउनेछ । एल्बममा मिले, कालो साप, सुनबारी जस्ता गीत समेटिएको छ ।
मिलेले आमा छोरीको तितोमिठो सम्बन्धलाई देखाएको छ । कालो सापले कृषि समुदायमाथि थोपरिएको ऋणको भारीलाई सम्बोधन गर्न खोजेको छ । एल्बमले ब्यान्डका सदस्यहरूको व्यक्तिगत यात्रालाई पनि देखाएको छ । गाउँले भाइ आफ्नो अद्वितीय साङ्गीतिक शैली र कथा भन्ने शैलीका कारण बढी चर्चित छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वायु प्रदूषणका कारण उडानहरू प्रभावित
-
ट्रम्पको ट्यारिफको काउन्टर गर्न सक्छ नेपाल ?
-
प्रधानमन्त्री ओलीले आज मधेस प्रदेशसभालाई सम्बोधन गर्दै
-
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको नाम फेरि परिवर्तन गर्न प्रस्ताव
-
पर्यटकीयस्थल पुनहिलमा विद्युत् सेवा विस्तार
-
बल्खुको प्रदर्शनलाई शान्तिपूर्ण बनाउने चुनौतीमा राप्रपा