तीनकुनेको प्रदर्शनमा घाइते भएका १७ जनाको उपचार हुँदै, गोली लागेका ३ जना
मङ्गलबार, १९ चैत २०८१, १६ : ४६
_bDAYhnAUSw.jpg)
काठमाडौं । काठमाडौँको तीनकुनेमा चैत १५ मा भएको प्रदर्शनमा घाइते भएका १७ जनाको उपचार जारी छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँले सिनामंगलस्थित केएमसी अस्पताल, महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल र ग्वार्कोस्थित बिएण्डबी अस्पतालमा १७ जनाको उपचार भइरहेको हो ।
रामहरि श्रेष्ठ सहित ३ जना गोली लागेर घाइते अवस्थामा बिएण्डबी अस्पतालमा उपचाररत छन् । एकजनालाई सटगनबाट प्रहार गरेको कार्टिजको छर्रा लागेको भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एकजना अधिकृतले रातोपाटीलाई बताए ।
तीनकुने घटनामा सटगनबाट प्रहरीले २३९ राउण्ड कार्टिज प्रहार गरेको भेटिएको छ । यस्तै अर्का एक जनाको बायाँ हातमा गोली लागेको पाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्वत र आयोजक बने प्रथम एलिट भलिबल कपको च्याम्पियन
-
नयाँ वर्षमा स्वयम्भूमा चहलपहल (तस्बिरहरु)
-
नारायणघाटमा सिद्धार्थ हस्पिटालिटीले सुरु गर्यो ‘सिद्धार्थ होटेल चितवन’
-
कर्तव्य ज्यान कसुरका फरार प्रतिवादी ३१ वर्षपछि पक्राउ
-
१३ दिनदेखि शिक्षकहरू सडकमै, विद्यार्थी भर्ना अभियान ‘भगवान् भरोसा’
-
मधेश प्रदेश : अवैध उत्खनन, खुला सिमाना तस्करी र दुर्व्यसनीको चपेटामा