मङ्गलबार, २६ चैत २०८१
ताजा लोकप्रिय

तीनकुनेको प्रदर्शनमा घाइते भएका १७ जनाको उपचार हुँदै, गोली लागेका ३ जना

मङ्गलबार, १९ चैत २०८१, १६ : ४६
मङ्गलबार, १९ चैत २०८१

काठमाडौं । काठमाडौँको तीनकुनेमा चैत १५ मा भएको प्रदर्शनमा घाइते भएका १७ जनाको उपचार जारी छ । 

जिल्ला प्रहरी परिसर काठमाडौँले सिनामंगलस्थित केएमसी अस्पताल, महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल र ग्वार्कोस्थित बिएण्डबी अस्पतालमा १७ जनाको उपचार भइरहेको हो । 

रामहरि श्रेष्ठ सहित ३ जना  गोली लागेर घाइते अवस्थामा  बिएण्डबी अस्पतालमा  उपचाररत छन् । एकजनालाई सटगनबाट प्रहार गरेको कार्टिजको छर्रा लागेको भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एकजना अधिकृतले रातोपाटीलाई बताए ।

 तीनकुने घटनामा सटगनबाट प्रहरीले २३९ राउण्ड कार्टिज प्रहार गरेको भेटिएको छ । यस्तै अर्का एक जनाको बायाँ हातमा गोली लागेको पाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप