इजरायलको चेतावनीपछि रफाहका बासिन्दाको भागाभाग
मङ्गलबार, १९ चैत २०८१, १६ : ३८

तेलअभिभ । इजरायली सैनिक (आइडिएफ)ले दक्षिणी गाजा सहरका बासिन्दाहरूलाई आफूहरू बसिरहेको स्थान (रफाह) खाली गर्ने आदेश जारी गरेपछि प्यालेस्टिनीहरू भाग्न थालेका छन् ।
‘आइडिएफले यी क्षेत्रहरूमा आतङ्कवादी सङ्गठनको क्षमता नष्ट गर्नका लागि ठूलो शक्तिका साथ लड्न पर्खिरहेको भन्दै आइडिएफका अरबी भाषाका प्रवक्ता कर्नल अविचाय अद्राईले ट्विट गगरेका छन् । उनले भनेका छन्– आफ्नो सुरक्षाका लागि तुरुन्तै अल मवासीको आश्रयमा जानु ।
अक्टोबर ७ मा गाजा सीमा नजिकै इजरायली समुदायहरूमा हमासको आक्रमणमा कम्तीमा एक हजार एक सय ८० जना मारिए र दुई सय ५२ इजरायली र विदेशीहरूलाई बन्धक बनाइयो । बाँकी रहेका ५९ जना बन्धकमध्ये ३६ जनाको मृत्यु भएको अनुमान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भाडाको घरमा बस्दा वास्तुबारे के–के ख्याल गर्नुपर्छ ?
-
सीमा क्षेत्रका स्थानीयलाई प्रवेश पास प्रदान
-
कमलबजारमा ‘हवैजहाज’ त उड्यो, चलेन बिजुलीपङ्खा
-
बुद्धका विचारको महत्त्व संसारभर झन् बढिरहेको छ : प्रधानमन्त्री ओली
-
पहलगाम हमलाको निष्पक्ष अनुसन्धानमा सहयोग गर्न पाकिस्तान तयार
-
नेपालको क्रिकेटसँग जोडिन पाउँदा निकै उत्साहित छु : नवनियुक्त प्रशिक्षक स्टुअर्ट ल