कुलमान र हितेन्द्रको रिटमाथि सुनुवाइ जारी, ३४ मुद्दा 'हेर्न नभ्याइने'मा पठाइयो
मङ्गलबार, १९ चैत २०८१, १६ : ०८

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिसम्बन्धी विवादमा निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ र नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दायर गरेको रिटलाई सर्वोच्च अदालतले प्राथमिकता दिएको छ ।
न्यायाधीशद्वय कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासमा हाल कुलमानको रिटमाथि सुनुवाइ भइरहेको छ भने यसपछि हितेन्द्रदेव शाक्यको रिटमाथि सुनुवाइ सुरु हुनेछ ।
आज उक्त इजलासमा ४२ वटा मुद्दाको पेसी तोकिएको थियो । जसमध्ये २ रिटमाथिको सुनुवाइलाई प्राथमिकतामा राखी इजलासले ३४ मुद्दाका रिटमाथिको पेसी 'हेर्न नभ्याइने'मा पठाएको छ । बाँकी ६ वटा रिट हेर्न नमिल्नेमा परेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : तीनकुने घटनामा प्रहरीको प्रस्टोक्ति, वारपारको आन्दोलनमा शिक्षक
-
स्वास्थ्य सचिव नियुक्ति विवाद : सर्वोच्चले दिएन मिश्रको पक्षमा अन्तरिम आदेश
-
बेलायतमा नेपाली व्यवसायीले किने दुईवटा केयर होम
-
सिराजको घातक बलिङ, १ सय ६९ रनमा रोकियो बेंगलुरु
-
कास्कीका सहकारीमा संकट : राजनीतिक नेतृत्वदेखि कर्मचारी प्रशासकसम्म ठगीमा मुछिए
-
नेपाली कोदोको रक्सी संरक्षण तथा व्यवस्थापन समिति गठन