सेयर बजारमा १५.५७ अंकको करेक्सन, कारोबार पौने ६ अर्ब

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ छ । साताको तेस्रो दिन मंगलबार बजार परिसूचक १५.५७ अंकले घटेको हो । योसँगै परिसूचक २६७७.५५ अंकमा झरेको छ । आज बजारमा ५ अर्ब ७९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भयो ।
आज बजारमा २४२ कम्पनीको कारोबार हुँदा २०१ कम्पनीको सेयर मूल्य घटेको छ भन् ४२ वटा कम्पनीको मूल्य मात्रै बढेको छ ।
आज बजारमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको शेयरमूल्यका सकारात्मक सर्किट ब्रेकर लागेको छ भने गुराँस लघुवित्तको मूल्य सबैभन्दा धेरैले घटेको छ । बजारमा आज सबै समूहका सूचक घटेका छन् । फाइनान्स र होटलको सूचक १ प्रतिशत भन्दा माथिको गिरावट देखिएको छ ।
आज कारोबार रकम, कारोबार शेयर र कारोबार भएको संख्या तीनैका आधारमा आज पनि हिमालयन रिइन्स्योरेन्स कम्पनी अगाडि छ ।
यसअघि अघिल्लो तीनवटा कारोबार दिनमा बजार परिसूचक झण्डै ११० अंकले बढेको थियो । आजको गिरावटलाई त्यसैको करेक्सनको रूपमा हेरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोयल च्यालेन्जर्स बैंग्लुरुविरुद्ध गुजरातको शानदार जित, बट्लरको विष्फोटक ब्याटिङ्
-
‘मिर्गी’ रोग पीडित बालिकाको उपचारका लागि ६८ लाखभन्दा बढी जुट्यो
-
१२ बजे, १२ समाचार : प्रधानमन्त्रीको थाइल्याण्ड भ्रमणदेखि तीनकुने घटनामा प्रहरीले चलाएको गोलीबारे जानकारीसम्म
-
लुम्बिनीमा उपकुलपतिहरुको अन्तरराष्ट्रिय सम्मेलन
-
भारतमा लडाकु विमान दुर्घटना
-
झापामा सवारी दुर्घटना, एक जनाको मृत्यु