त्रिचन्द्र क्याम्पसका निर्वाचन अधिकृतलाई दुर्व्यवहार गर्नेमाथि कारबाहीको माग
मङ्गलबार, १९ चैत २०८१, १५ : २२

काठमाडौँ । प्रजातन्त्रवादी प्राध्यापक संघले त्रिचन्द्र क्याम्पसका निर्वाचन अधिकृतमाथि मसी प्रहार गर्नेमाथि कारबाही गर्न माग गरेको छ ।
सोमबार स्ववियु निर्वाचनका विषयमा छलफल गर्न बसेको बैठकमा निर्वाचन अधिकृत सहप्राध्यापक डाक्टर अंगतमणि गौतममाथि मसी प्रहार गरिएको थियो । उक्त घटनामा संलग्नलाई कडा कारबाही गर्न संघले माग गरेको हो ।
स्ववियु निर्वाचनको विषयलाई लिएर नेविसंघका बागी उम्मेदवार श्रीधर श्रेष्ठ र स्वतन्त्र उम्मेदवार विवेक बानियाँले कालाे मसी प्रहार गरेको आरोप छ ।
त्रिचन्द्रमा आजका लागि स्ववियु निर्वाचन तोकिएको छ भने मतदान जारी छ। यहीबिचमा निर्वाचन अधिकृत गौतममाथि अभद्र व्यवहार गरेको भन्दै संघले आपत्ति जनाएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पत्रकार सुरेश रजकको अन्तिम बिदाइ, तस्बिरहरू
-
जल्दै गरेको अवस्थामा उद्धार गरिएकी किशोरीको मृत्यु
-
तीनकुने घटनामा संलग्न थप ७ जना पक्राउ
-
‘राज्यले पटक पटक धोका दियो, अब जितिन्छ कि बितिन्छ भन्दै आन्दोलनमा उत्रियौँ’
-
आरआर क्याम्पसमा स्ववियु निर्वाचनको माग गर्दै अदालतमा मुद्दा दायर
-
बुटवलको कृषि उपजका सटर टेन्डर तत्काल खोल्न व्यवसायीको माग