बुधबार, २० चैत २०८१
ताजा लोकप्रिय

बिम्स्टेकका लागि चेम्बर पदाधिकारी टोली प्रधानमन्त्रीसँगै थाइल्याण्ड प्रस्थान

मङ्गलबार, १९ चैत २०८१, १४ : ४९
मङ्गलबार, १९ चैत २०८१

काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिस्टेक)को छैटौं शिखर सम्मेलनमा भाग लिन नेपाल चेम्बर अफ कमर्सको पदाधिकारी टोली प्रधानमन्त्री केपी शर्मा ओलीसंगै थाईल्याण्ड गएको छ । 

निजी क्षेत्रबाट प्रतिनिधित्व गर्दै अध्यक्ष कमलेश कुमार अग्रवाल, चेम्बर सल्लाहकार परिषद्का अध्यक्ष राजेशकाजी श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष दिपक मल्होत्रा र मानार्थ उपाध्यक्ष एवं अन्तराष्ट्रिय सम्वन्ध समितिका सभापति अर्जुनप्रसाद शर्मा प्रधानमन्त्री ओलीसंगै आज थाईल्याण्ड गएका हुन् । 

थाईल्याण्ड भ्रमणका क्रममा दुईपक्षीय व्यापार सहजीकरण, पर्यटन प्रबर्द्धन, लगानी अभिवृद्धिलगायतका विषयमा समझदारी एवं सम्झौता हुने चेम्बर अफ कमर्सले जनाएको छ । नेपाल चेम्बर अफ कमर्स र टुरिजम काउन्सिल अफ थाईल्याण्डबीच व्यापार, पर्यटन र नागरिक उड्डयनको क्षेत्रमा छुट्टै सम्झौताको तयारीसमेत भएको छ । 

थाइल्याण्ड भ्रमणका क्रममा प्रधानमन्त्रीसंगै चेम्बर पदाधिकारी टोलीले त्यहाँका प्रतिष्ठित व्यवसायीसँग भेटघाट र छलफल गर्ने कार्यक्रम तय भएको छ । थाईल्याणको निजी क्षेत्रसँग दुईपक्षीय व्यापार सहजिकरण, नेपालमा लगानी अभिवृद्धि जस्ता विषयमा छलफल गर्न लागिएको चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले बताए । 

नेपाल र थाईल्याण्डका पर्यटकीय क्षेत्रहरुको पहिचान र प्रबर्द्धन गर्दै संयुक्त रुपमा बजार प्रर्बद्धनात्मक अभियान, नागरिक उड्डयनको क्षेत्रमा संयुक्त सहकार्य, सम्पदा र संस्कृतिको आदानप्रदान, व्यापार एवं लगानी अभिवृद्धिका लागि सहकार्य गर्ने चेम्बरको तयारी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप