अपडेट
तीनकुने प्रदर्शनमा मृत्यु भएका सविनको पोस्टमार्टम गरियो, आजै अन्त्येष्टि
मङ्गलबार, १९ चैत २०८१, १४ : ३०

काठमाडौँ । राजधानीको तीनकुनेमा राजावादी समूहले गरेको प्रदर्शनमा ज्यान गुमाएका सविन महर्जनको पोस्टमार्टम गरिएको छ । त्रिवि शिक्षण अस्पतालमा मंगलबार उनको पोस्टमार्टम गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
पोस्टमार्टम सकिएसँगै उनको आजै आफन्तले अन्तिम संस्कारको तयारी गरेको प्रहरीको भनाइ छ ।
कीर्तिपुरका सविनको प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर मृत्यु भएको थियो । कीर्तिपुर नगरपालिका वडा नम्बर ४ निवासी महर्जन २९ वर्षका थिए ।
तीनकुने क्षेत्रको प्रदर्शनमा प्रहरीको गोली लागेसँगै महर्जनलाई उपचारका लागि टिचिङ हस्पिटल लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको हस्पिटलले जनाएको छ ।
तीनकुने घटनामा समाचार संकलनमा खटिएका पत्रकार सुरेश रजकले समेत ज्यान गुमाएका थिए । उनको भने अझै पोस्टमार्टम भएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षकका समस्या वार्ताबाट समाधान गर्छु : नवनियुक्त शिक्षामन्त्री पन्त
-
भारतले बन्द गरिदियो पाकिस्तानीको मेडिकल भिसा पनि
-
एमालेको ‘युथ सेलिब्रेशन’ कार्यक्रम : तस्बिरमा हेर्नुहोस् नेतादेखि युवाहरूको नाच
-
आधारभूत कुरा पूरा नगरे सरकारमा बस्दैनाैँ : गगन थापा
-
क्रसर व्यवसायीहरूद्वारा आन्दोलनको चेतावनी, सरकारले माग नसुनेको गुनासो
-
ट्राफिकले सर्वसाधारणलाई निर्घात कुटेको भिडियो कति पुरानो ?