विश्व शेयर बजार त्रस्त बनेपछि अतिरिक्त भन्सार महसुलप्रति नरम भए ट्रम्प

वासिङटन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना व्यापार साझेदारहरूमाथि पारस्परिक अतिरिक्त महसुल लगाउने धम्की दिएपछि केही दिनयता विश्व बजार त्रस्त बनेको छ ।
यसैबीच ट्रम्पले बहुप्रतिक्षित पारस्परिक अतिरिक्त महसुल अन्य देशले लगाएको भन्दा कम हुने बताएका छन् । आफ्नो यस घोषणाले विश्व बजार त्रस्त भएको भन्दै उनी केही नरम बनेका हुन् ।
बुधबार आफूले घोषणा गर्न लागेको नीति आफ्ना व्यापार साझेदारहरूको भन्दा केही नरम हुने ट्रम्पले सोमबार ह्वाइट हाउसमा भनेका थिए ।
‘उनीहरूले जे गरिरहेका छन्, त्यसको तुलनामा हामी केही दयालु हुनेछौं । घोषणा गरिने अतिरिक्त महसुल दर उनीहरूले हामीलाई लगाइरहेको भन्दा कम हुनेछ अनि केही केसमा त यो निकै कम हुनेछ ।’ ओभल अफिसमा पत्रकारहरूसँग बोल्ने क्रममा ट्रम्पले भने । ‘तुलनात्मक रुपमा भन्नुपर्दा हामी निकै दयालु हुनेछौं,’ उनले भने ।
अहिलेसम्म व्यापार साझेदारहरूले अमेरिकाको फाइदा उठाएको भन्दै आफ्नो यी कदमले अमेरिकामा धेरै धन फिर्ता हुनेमा ट्रम्पले जोड दिए । यसलाई उनले अमेरिकाको पुर्नजन्मसमेत भनेका छन् । ट्रम्पले आइतबार मात्रै सबै देशबाट आउने सामानमा अतिरिक्त महसुल लाग्ने स्पष्ट पारेका थिए । यसको एक दिनपछि ट्रम्पले आफूले दयालु बन्ने अभिव्यक्ति दिएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुद्धका विचारको महत्त्व संसारभर झन् बढिरहेको छ : प्रधानमन्त्री ओली
-
पहलगाम हमलाको निष्पक्ष अनुसन्धानमा सहयोग गर्न पाकिस्तान तयार
-
नेपालको क्रिकेटसँग जोडिन पाउँदा निकै उत्साहित छु : नवनियुक्त प्रशिक्षक स्टुअर्ट ल
-
छ कठ्ठा जग्गामा सागसब्जीखेती, वार्षिक तीन लाख आम्दानी
-
राप्रपाले पनि गर्यो पाकिस्तान दूतावास अगाडि प्रदर्शन
-
ट्रम्पले दाबी गरे पनि अमेरिकासँग व्यापार वार्ता नभएको चीनको दाबी