नेप्सेको सीईओ : मन्त्रिपरिषद्का दुई बैठकमा दुई फरक नियुक्ति

काठमाडौँ । सरकारले नेपाल स्टक एक्सचेन्जको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले चूडामणि चापागाईँलाई सीईओमा नियुक्त गरेको हो । उक्त निर्णय अनुसार राजश्व सचिव दिनेशकुमार घिमिरेले उनलाई नियुक्ति पत्र हस्तान्तरण गरेका छन् ।
नेप्से सीईओका लागि गत फागुन १२ मा पहिलोपटक आवेदन माग हुँदा १२ जनाले आवेदन दिएका थिए । तीमध्ये यही चैत ३ मा अर्थ मन्त्रालयले सहसचिव सेवन्तक पोखरेलको संयोजकत्वमा गठन गरेको नियुक्ति सिफारिस समितिले ५ जनाको नाम सिफारिस गरेको थियो। उक्त सूचीमा चापागाईँ पहिलो नम्बरमा थिए। उनीसहित नारदकुमार लुइँटेल, पूर्णप्रसाद आचार्य, बद्रीप्रसाद प्याकुरेल र हेमन्त बस्याल सूचीमा थिए ।
अघिल्लो पटकको मन्त्रिपरिषद् बैठकमै नारद लुइँटेल नियुक्त भएको सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले नै जानकारी दिएका थिए । तर सो निर्णय मन्त्रिपरिषद्को आधिकारिक निर्णयको सूचीमा भने आएन ।
नियुक्त गर्ने निर्णय भए पनि प्रमाणित नगरी अर्को निर्णय गरिएको हो । र, अहिले चापागाईँलाई नियुक्ति गरेको छ । सीईओ नियुक्त भएका चापागाईँ पूर्वबैंकर हुन् ।
उनी सानिमा बैंकको इटहरी शाखाका ब्रान्च म्यानेजरको रूपमा ३ वर्ष काम गरेका थिए। असिस्टेन्ट जनरल म्यानेजरको रूपमा युनियन लाइफ इन्स्योरेन्समा काम गरेको अनुभव छ । सानिमा लाइफ इन्स्योरेन्समा डेपुटी जनरलको भूमिका समेत काम गरेको अनुभव उनीसँग छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेकपा एस सुदूरपश्चिम प्रदेशको अध्यक्षमा लालबहादुर खड्का चयन
-
फोर्ब्सको नयाँ अर्बपति सूची सार्वजनिक, यी हुन् १५ सेञ्चुरी बिलिनियर्स
-
मोटर्स कम्पनीमा वाणिज्य विभागको अनुगमन, पाँच कम्पनीको बिक्री वितरण रोक्का
-
तराई मधेस जागरण अभियान पुनः सुरू भयोः अध्यक्ष दाहाल
-
प्रधानमन्त्रीले भेटे थाइल्याण्डका राजा
-
कर्मचारी स्थायी गर्न गण्डकी विश्वविद्यालयलाई उच्चको तगारो, दियो अन्तरिम आदेश