बुधबार, २० चैत २०८१
ताजा लोकप्रिय
बिमस्टेकमा भाग लिन प्रधानमन्त्री थाइल्याण्ड प्रस्थान, तस्बिरहरू
प्रधानमन्त्रीको थाइल्याण्ड भ्रमण

बिमस्टेकमा भाग लिन प्रधानमन्त्री थाइल्याण्ड प्रस्थान, तस्बिरहरू

मङ्गलबार, १९ चैत २०८१

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली बिमस्टेकमा भाग लिनका लागि आज थाइल्याण्ड प्रस्थान गरेका छन् । प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरिएको हो ।

kp oli thailand visit (1)

उनी भोली अर्थात् अप्रिल २ मा त्यहाँका थाइल्यान्डका प्रधानमन्त्री पाइतोनगतार्न सिनावात्रासँग दुई पक्षीय भेटघाट गर्नुको साथै केही विषयवस्तुमा समझदारी पनि गर्नेछन् । प्रधानमन्त्री ओली अप्रिल ४ मा बिमस्टेकलाई सम्बोधन गर्नेछन् । 

kp oli thailand visit (2)

अप्रिल २ मा बिमस्टेक सदस्यहरू राष्ट्रका उच्च अधिकारीहरूको बैठक बस्ने भने अप्रिल ३ मा विदेशमन्त्रीस्तरीय बैठक बस्ने बताइएको छ । 

kp oli thailand visit (3)

बिमस्टेकको अध्यक्षको रूपमा थाइल्याण्डले “बिमस्टेक बैंकक भिजन २०३०’’ तय गरेको छ । जसको उद्देश्य २०३० सम्ममा समृद्ध, लचिलो र खुला बिमस्टेक (प्रो– बिमस्टेक) निर्माण गर्नु हो । 

kp oli thailand visit (5)

यो भिजनले शान्ति, स्थिरता, आर्थिक वृद्धि र दिगोपन प्राप्त गर्न बंगालको खाडीको सहकार्यको लागि स्पष्ट दिशा र प्राथमिकताहरू तय गर्दछ भनिएको छ । थाइल्यान्डको राजधानी बैंककमा अप्रिल ३ देखि सुरु हुने छैटौँ बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) समिटको दृष्टिकोण प्रो–बिमस्टेक बनाएको छ । 

kp oli thailand visit (7)

पी फोर प्रोफेरियस अर्थात् समृद्ध, आर फोर रेजिलेन्ट अर्थात् लचिलो र ओ फोर ओपन अर्थात् खुल्ला । छैटौँ बिमस्टेक शिखर सम्मेलन समृद्ध, लचिलो र खुल्ला बिमस्टेक (प्रो–बिमस्टेक) को दृष्टिकोणमार्फत क्षेत्रको विकासमा एक महत्त्वपूर्ण कदम हुने थाइल्याण्ड सरकारको जनसम्पर्क विभागले जनाएको छ ।  

kp oli thailand visit (12)

विभागका अनुसार व्यापार, लगानी र दिगो विकासलाई प्रवर्द्धन गरेर गरिबी निवारणलाई तीव्र बनाउने र सबै पक्षबिच सहयोग बढाउँदै देशलाई समृद्ध बनाउने दृष्टिकोण राखिएको छ । लचिलोका लागि विभागले कृषि, पशुधन र मत्स्यपालनमा उत्पादकत्व वृद्धि गर्ने, साथै स्वास्थ्य संकटको लागि तयारी बढाउने उल्लेख गर्दै बहु–सरोकारवाला दृष्टिकोण प्रयोग गरेर दिगो पर्यटन प्रवर्द्धन गर्नका लागि खुल्ला राख्ने दृष्टिकोण तय गरेको छ । 

kp oli thailand visit (13)

यो समिटले साझा सुरक्षा र विकासात्मक चुनौतीहरूलाई सम्बोधन गर्न सदस्य राष्ट्रहरू बिच सहकार्यलाई प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ । यसले समृद्ध, लचिलो र खुला बिमस्टेक (प्रोबिमस्टेक)को लक्ष्य प्राप्त गर्न भइरहेका प्रयासहरूलाई नयाँ गति प्रदान गर्ने दाबी गरिएको छ । 

kp oli thailand visit (14)

समिटले सदस्य राष्ट्रहरूलाई उनीहरूको साझा सुरक्षा र दिगो विकास चुनौतीहरूको सामना गर्न सक्षम बनाउनका लागि क्षेत्रीय सहयोग निर्माणमा बिमस्टेकको महत्त्वपूर्ण भूमिका रहने बताइएको छ । 

kp oli thailand visit (16)kp oli thailand visit (17)kp oli thailand visit (18)kp oli thailand visit (19)kp oli thailand visit (20)kp oli thailand visit (4)kp oli thailand visit (6)kp oli thailand visit (8)kp oli thailand visit (9)kp oli thailand visit (10)kp oli thailand visit (11)kp oli thailand visit (15)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया