बुधबार, २० चैत २०८१
ताजा लोकप्रिय
अपडेट

बोहराको पार्थिव शरीर भैरहवा लगिने, फेरि काठमाडौँ ल्याएर भोलि अन्त्येष्टि

मङ्गलबार, १९ चैत २०८१, १३ : २५
मङ्गलबार, १९ चैत २०८१

काठमाडौँ । मंगलबार निधन राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ नेता दीपक बोहराको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आजै गृहनगर भैरहवा लगिने भएको छ । हेलिकप्टरबाट उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि भैरहवा लगिने भएको राप्रपाका  प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । 

त्यहाँ शुभेच्छुक र आफन्तले श्रद्धाञ्जली अर्पण गरेपछि उनको पार्थिव फेरि आज नै काठमाडौँ ल्याइने उनको भनाइ छ । 

उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि बुधबार पार्टी कार्यालय धम्बाराहीमा राखिनेछ । त्यसपछि शुक्रबार नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गर्ने कार्यक्रम रहेको श्रेष्ठले बताए । 

लामो समयदेखि बिरामी पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य उनको मंगलबार बिहान राजधानीको चाबहिलस्थित ओम अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप