बुधबार, २० चैत २०८१
ताजा लोकप्रिय

सभामुख घिमिरेले गराए प्रतिनिधि सभाको चालु अधिवेशन अन्त्यको जानकारी

मङ्गलबार, १९ चैत २०८१, १३ : ११
मङ्गलबार, १९ चैत २०८१

काठमाडौँ । प्रतिनिधि सभाको कार्यसूचीबाट गृहमन्त्रीले संसदमा सम्बोधन गर्ने कार्यक्रमहरू हटाइएको छ ।

मंगलवार प्रतिनिधि सभाको बैठकमा गृहमन्त्री रमेश लेखकले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने कार्यसूची राखिएको थियो । 

तर राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपक बोहराको निधन भएसँगै उक्त कार्यक्रम कार्यसूचीबाट हटाइएको हो । सांसद बोहराको मंगलवार उपचारका क्रममा निधन भएको छ । 

आजको प्रतिनिधि सभाको कारबाही सुरु गर्दै सभामुख देवराज घिमिरेले भने, ‘माननीय सदस्यहरू विशेष कारणवश आजको क्रमसङ्ख्या १ देखि क्रमसङ्ख्या ८ सम्मका कार्यक्रमहरू सूचि हटाइएको जानकारी गराउँछु । साथै माननीय गृहमन्त्रीले बोल्नको लागि समय समय माग गर्नुभएकोमा सो समेत हटाइएको ब्यहोरा जानकारी गराउँछु ।’

संसदको चालु अधिवेशन मंगलवार राति १२ बजेबाट अन्त्य हुँदैछ । बैठकमा सभामुख घिमिरेले संसदको चालु अधिवेशन आज राति १२ बजेबाट अन्त्य हुने जानकारी सभा समक्ष गराए । 

यससँगै बैठक बोहराको निधनमा शोक प्रस्ताव पारितसँगै सकिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप