युवराजले अस्ट्रेलियामा नचाए दर्शक
_fTONwEUkxN.jpg)
काठमाडौँ । लोकप्रिय गायक युवराज चौलागाईले अस्ट्रेलियाको तास्मानियास्थित होबार्टमा दर्शक नचाएका छन् । एनआरएनको आयोजना रहेको ‘नेपाल फेष्टिभल टुर २०२५’ नामक कार्यक्रममा उनले आफ्नो लोकप्रिय गीतसंगीतबाट दर्शक नचाएका हुन् ।
खचाखच दर्शकले भरिएका हलमा उनले आफ्ना चर्चित ५ नेपाली गीत प्रस्तुत गरेका थिए । फिल्मी गीत ‘तिम्रा डोला डोला हातमा’ आफ्नो प्रस्तुति सुरु गरेका उनले ‘टुङ्गुनाको धुनमा’, ‘तिमीलाई के भनौ’, ‘अरु तिम्रो माया’ हुँदै ‘सिरफूले माया’ गाउँदै साङ्गीतिक प्रस्तुतिको बिट मारेका थिए । उनका प्रत्येक प्रस्तुतिमा दर्शक दिर्घबाट वान्समोरको हुटिङ बर्सिएको थियो ।
अस्ट्रेलियाको विभिन्न ठाउँमा आयोजना भएको ‘नेपाल फेष्टिभल टुर २०२५’का लागि केही अगाडि अस्ट्रेलिया पुगेका उनले तास्मानिया कार्यक्रम अगाडि अगाडि स्टेज ८८ कमनवल्र्कपार्क क्यानबेरामा पनि संगीतिक प्रस्तुति दिएका थिए ।
उनको अर्को कार्यक्रममा आगामी आइतबार ब्रिसबिनमा आयोजना हुनेछ । त्यसपछि पनि अस्ट्रेलियाको केही स्थानमा नेपाली नयाँ वर्षको अवसर पारेर आयोजना हुने कार्यक्रममा उनी सहभागी हुनेछन् । त्यसपछि मात्र आफु नेपाल फर्किने गायक चौलागाइले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेलायतमा नेपाली व्यवसायीले किने दुईवटा केयर होम
-
सिराजको घातक बलिङ, १ सय ६९ रनमा रोकियो बेंगलुरु
-
नेपाली कोदोको रक्सी संरक्षण तथा व्यवस्थापन समिति गठन
-
ऐसेलुखर्कमा निर्माणाधीन पालिकास्तरीय अस्पताल भवन निर्माणको अन्तिम चरणमा
-
सरकार र सहकारी सञ्चालक एउटै मञ्चमा, पीडित बचतकर्ता सडकमा
-
कराते टोली अस्ट्रेलिया जाने